स्वर्ण र कीर्तिमानधारीलाई नगद

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आठौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेता र राष्ट्रिय कीर्तिमान बनाएका खेलाडीलाई मंगलबार नगद पुरस्कार प्रदान गरेको छ ।

स्वर्ण र कीर्तिमानधारीलाई नगद

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको कार्यक्रममा व्यक्तिगत र टिम स्पर्धामा स्वर्ण जितेका ६ सय ९६ खेलाडीलाई नगद प्रदान गरिएको राखेपले जनाएको छ । व्यक्तिगत स्पर्धामा स्वर्ण जित्नेले जनही १५ हजार तथा टिममा स्वर्ण जित्नेले जनही ७ हजार रुपैयाँ पाएका थिए ।

विभिन्न चार खेलमा राष्ट्रिय कीर्तिमान बनाएका १६ खेलाडीलाई २६ कीर्तिमानका लागि प्रत्येक कीर्तिमानको २५ हजारका दरले पुरस्कार प्रदान गरियो । स्वर्ण र कीर्तिमानका लागि ७७ लाख रुपैयाँ वितरण गरिएको थियो ।


एथलेटिक्सकी चन्द्रकला लामगादेले २, कृष्णा चौधरी, तुलसा खत्री, संगीता मेचे र सरस्वती भट्टराई (रिले) तथा सन्तोषी श्रेष्ठले समान १–१ कीर्तिमान बनाएका थिए । पौडीमा गौरिका सिंहले ६, तेन्जिङ नोर्गे गुरुङले २, शुभम श्रेष्ठले २, सैयद हम्जा शाहले ३, एलेक्जेन्डर शाहले २, अनुभव सुब्बाले २ र नाथन दोर्जे शेर्पाले २ कीर्तिमान बनाएका थिए । सुटिङकी सुस्मिता नेपाल, गल्फका टंकबहादुर कार्की र शुक्रबहादुर राईले १–१ कीर्तिमान बनाएका थिए ।


अन्तर्राष्ट्रिय पदकधारी पुरस्कृत

राखेपले आर्थिक वर्ष २०७५/७६ मा स्वदेश र विदेशमा भएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता खेलाडीलाई पनि प्रोत्साहन पुरस्कार प्रदान गरेको छ ।


कार्यक्रममा ३४५ स्वर्ण, २५ रजत र ९२ कांस्य गरी कुल ४ सय ६२ पदकधारीलाई प्रोत्साहनस्वरुप कुल २३ लाख ७८ हजार रुपैयाँ प्रदान गरिएको जनाइएको छ ।


प्रकाशित : असार ३१, २०७६ २२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?