कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

प्रदेश ५ लाई राष्ट्रपति सिल्ड

काठमाडौँ — ११ औं राष्ट्रपति रनिङ सिल्डमा मंगलबार प्रदेश ५ टिम च्याम्पियन बनेको छ । विभिन्न ६ खेल समावेश प्रतियोगितामा प्रदेश ५ ले २० स्वर्ण, २० रजत र १० कांस्य पदक जितेको थियो । 

प्रदेश ५ लाई राष्ट्रपति सिल्ड

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा १३ स्वर्णसाथ प्रदेश १ दोस्रो तथा १२ स्वर्णसाथ सुदूरपश्चिम तेस्रो भए । प्रतियोगितामा चार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बन्यो । त्यसमा पनि प्रदेशकै वर्चस्व रह्यो । चारै कीर्तिमान प्रदेश ५ का खेलाडीले बनाए ।


छात्र ४ गुणा ४ सय मिटर रिलेमा सिमान पाण्डे, लेखनाथ महर, वेदबहादुर ओली र श्रवण केवटले कीर्तिमान बनाए । सोही स्पर्धाको छात्रामा अरुणा रिजाल, पूर्णिमा खड्का, पूजा चौधरी र करुणा रिजालले कीर्तिमान रचे । छात्रा सटपुटमा संगीता अधिकारी र ४ सय मिटर दौडमा अरुणा रिजालले कीर्तिमान बनाएका थिए । प्रत्येक कीर्तिमानका लागि १० हजार रुपैयाँ पुरस्कार प्रदान गरियो ।


एथलेटिक्स, भलिबल, कराँते, तेक्वान्दो, उसु र कबड्डी समावेश प्रतियोगितामा व्यक्तिगत स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमश: ५ हजार, ४ हजार र ३ हजार रुपैयाँ पुरस्कार पाए । टिममा पहिलो हुनेले २ हजार ५ सय, दोस्रोले २ हजार र तेस्रोले १ हजार ५ सय पुरस्कार हात पारे ।


प्रकाशित : श्रावण १, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?