कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सिमोनालाई उच्च सम्मान

(एएफपी)

बुखारेस्ट — ग्रान्ड स्लाम टेनिस विम्बल्डन च्याम्पियन सिमोना हालेपलाई उनको देश रोमानियाको राष्ट्रपति कार्यालय तथा अर्थोडक्स चर्चले उच्च सम्मान प्रदान गरेको छ । अमेरिकी सेरेना विलियम्सलाई पराजित गरी पहिलोपल्ट विम्बल्डनको उपाधि जितेकी उनलाई स्वदेशमा सयौं समर्थकले स्वागत गरेका थिए । 

सिमोनालाई उच्च सम्मान

२७ वर्षीया हालेप विम्बल्डनमा एकलतर्फ उपाधि जित्ने पहिलो रोमानियानी नागरिक हुन् । शनिबार उनले सातपल्टकी च्याम्पियन सेरेनालाई ६–२, ६–२ को सहज सेटमा ५६ मिनेटभित्रै पराजित गरेकी थिइन् ।


‘मैले अवसरको उपयोग गरें । मैले जति गर्नसक्थे त्यति गरें, त्यसैले मैले खेल जितेँ,’ हातमा ट्रफी र पुष्पगुच्छा लिएकी हालेपले रोमानियाको राजधानीमा अवस्थित बुखारेस्ट अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग भनिन्, ‘म आफ्नो रणनीतिमा केन्द्रित छु । सेरेना इतिहासकै सर्वश्रेष्ठ खेलाडी हुन् ।’ उनको स्वागतमा जम्मा भएका समर्थकले ‘ब्राभो सिमोना’ भन्दै उत्साह मनाएका थिए ।


हालेपको यो समग्रमा दोस्रो ग्रान्ड स्लाम उपाधि हो । यसअघि गत वर्ष उनले रोनाल्ड ग्यारोसमा फ्रेन्च ओपनको उपाधि जितेकी थिइन् ।


राष्ट्रपतिले उनलाई ‘स्टार अफ रोमानिया’ सम्मान प्रदान गरेकी हुन् । चर्चले उनलाई प्याट्रियार्कल क्रस चिन्ह दिएको छ । गत वर्ष फ्रेन्च ओपनको उपाधि जितेपछि हालेपले भनेकी थिइन्, ‘म सधैं क्रसको संकेत गर्छु । किनभने म भगवान्लाई विश्वास गर्छु । यो जे भइरहेको छ त्यो सबै भगवान्कै देन हो ।’


प्रकाशित : श्रावण १, २०७६ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?