कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

स्थानीय प्रशिक्षकको करामत

रोयटर्स

कायरो — अफ्रिका कप अफ नेसन्सअन्तर्गत अल्जेरिया र सेनेगलबीच शुक्रबार हुने फाइनलपछि यस क्षेत्रका देशहरूले घरेलु प्रशिक्षकलाई भरोसा गर्न सुरु गर्ने अल्जेरियाका प्रशिक्षक जामेल बेल्माडीले अपेक्षा गरेका छन् । 

स्थानीय प्रशिक्षकको करामत

दुवै टिमका प्रशिक्षक स्थानीय छन् । उनीहरू ४० वर्ष आसपासका छन् । पूर्व अन्तर्राष्ट्रिय खेलाडीलाई नै दुवैले विश्वास गरेका छन् । सेनेगलले सन् २००२ को संस्करणमा फाइनल यात्रा तय गर्दा अहिलेका प्रशिक्षक अलियु सिसेले टिमको नेतृत्व गरेका थिए ।


‘यो महत्त्वपूर्ण सन्देश हामीले हरेक अफ्रिकी देशमा फुटबलका लागि सरोकारवालालाई पठाएका छौं । यो आश्चर्यजनक छ,’ आइतबार इन्ज्युरी समयमा रियाद महारेजको फ्रिकिक गोलमार्फत नाइजेरियालाई २–१ ले पराजित गरेपछि प्रशिक्षक बेल्माडीले भने, ‘म सिसेलाई लामो समयदेखि चिन्छु । हामी फ्रान्समा व्यावसायिक फुटबल खेल्दा एकअर्काविरुद्ध खेल्थ्यौं । हामीबीच एउटै अन्तर के हो भने उनी ४ वर्षदेखि आफ्नो टिममा छन् र म एक वर्षदेखि । सेनेगलविरुद्ध, मेरा साथीविरुद्धको यो फाइनल खेल आश्चर्यजनक छ । मेरो अपेक्षा के हो भने निर्णयकर्ताहरूले राम्रोसँग विचार गरुन् र आफ्नै देशका युवा प्रशिक्षकमाथि विश्वास गरुन् ।’


सेमिफाइनलमा नाइजेरियाविरुद्धको खेलबारे बेल्माडीले भने, ‘उनको टिमले पहिलो हाफमै एकभन्दा बढी गोल गर्नुपथ्र्यो । तर पुनरागमन गर्नुअघि उनको टिमले आफ्नो लय गुमाउन पुगेको थियो । हाम्रो प्रतिस्पर्धीको क्षमताका आधारमा यो खेल निकै कठिन हो । पहिलो हाफमा मेरा खेलाडीले उत्कृष्ट खेले तर अधिक गोल निस्कन सक्थ्यो ।


दोस्रो हाफको अन्तिम १५ मिनेट हामीले धेरै दबाब सह्यौं, त्यो निकै कठिन समय थियो ।’


नाइजेरियाले बराबरी गोल गर्ने क्रममा पेनाल्टी अवसरका लागि भिडियो असिस्टेन्ट रेफ्री (भार) ले लामो समय लगाएका कारण खेलाडीले आरामको समय पाएको उनले बताए । ‘मेरो विचारमा

खेलको अन्त्यतिर खेलाडीहरू सकारात्मक र मानसिक पमा बलियो बने,’ उनले थपे ।

प्रकाशित : श्रावण १, २०७६ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?