२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

ट्रिपियर र हर्मोसो एट्लेटिकोमा

एएफपी

म्याड्रिड — इंग्ल्यान्डका राइट ब्याक किइरन ट्रिपियर टोटेनहमबाट एट्लेटिको म्याड्रिडमा आबद्ध भएका छन् । स्पेनिस क्लबले आफ्नो नयाँ खेलाडीबारे जानकारी गराएको हो ।

ट्रिपियर र हर्मोसो एट्लेटिकोमा

एट्लेटिकोले आफ्नो बेवसाइटमा ‘उत्कृष्ट र च्याम्पियन्स लिगको उपविजेता अनुभवी’ खेलाडीलाई आबद्ध गरेको जनाएको छ । एट्लेटिकोसँग ट्रिपियरको सम्झौता तीन वर्षका लागि रहने छ ।


स्पेनिस र ब्रिटिस मिडियाले जनाएअनुसार एट्लेटिकोले टोटेनहमलाई २ करोड २० लाख युरो सरुवा रकम तिरेको छ । ट्रिपियरले इंग्ल्यान्डबाट १६ खेल खेल्दै १ गोल गरेका छन् । गत वर्ष विश्वकप सेमिफाइनलमा उनले रुसमा क्रोएसियाविरुद्ध गोल गरेका थिए । त्यसका बावजुद इंग्ल्यान्ड फाइनलमा पुग्न सकेको थिएन ।


ट्रिपियरले भने, ‘जब एट्लेटिकोले मलाई अनुबन्धन गर्ने चाहना देखायो, मैले दुईपल्ट सोच्नै परेन ।’ अर्जेन्टिनी प्रशिक्षक माउरिसियो पोचेटिनोको प्रशिक्षणमा टोटेनहममा खेलेका ट्रिपियर अर्का अर्जेन्टिनी प्रशिक्षक डिएगो सिमोनीसँग एट्लेटिकोमा सहकार्य गर्न आत्तुर छन् । ‘मेरा लागि उनी विश्वका एक उत्कृष्टमध्येका प्रशिक्षक हुन्, र उनको प्रशिक्षणमा खेल्न पाउनु सौभाग्य नै हो । म उनलाई आफ्नो तर्फबाट सक्दो राम्रो दिन प्रयास गर्नेछु,’ ट्रिपियरले सिमोनीबारे भने ।


सन् २०१५ मा बर्नलीबाट टोटेनहम आएयता उनले लन्डन क्लबबाट १ सय १४ खेल खेले । एट्लेटिकोले रक्षापंक्तिको खेलाडीमा बढी जोड दिएको छ । रक्षापंक्तिका डिएगो गोडिन, फिलिप लुइस र लुकास हर्नान्डेज एट्लेटिकोबाट अलग भइसकेका छन् । ब्राजिलियन जोडी रेनन लोडी र फेलिप आइसकेका छन् । ९ सिजन एट्लेटिको बिताएका गोडिन एट्लेटिको लागेका छन् ।


ट्रिपियरलाई लिएको २४ घण्टा नबित्दै एट्लेटिकोले बिहीबार स्पेनिस अन्तर्राष्ट्रिय सेन्टर ब्याक मारियो हर्मोसोलाई ला लिगाको अर्को टोली स्पान्योलबाट लिएको छ । एट्लेटिकोले वान्डसा मेट्रोपोलिटानो रंगशालामा एकै पत्रकार सम्मेलनमा ट्रिपियर र हर्मोसोलाई सञ्चारमाध्यमसामु प्रस्तुत गरेको थियो । दुवैले आफूहरू नयाँ क्लबबाट खेल्न उत्साही रहेको जनाए । एट्लेटिकोले हर्मोसोलाई २ करोड ५० लाख युरो खर्च गरेको स्पान्योलले जनाएको छ ।


एट्लेटिकोले २४ वर्षे हर्मोसेले ५ वर्षे सम्झौतामा हस्ताक्षर गरेको बताएको छ । उनी म्याड्रिडका हुन् र उनले एट्लेटिको प्रतिद्वन्द्वी छिमेकी टोली रिएलको युथ एकेडेमीबाट खेल्न सुरु गरेका थिए । उनले स्पान्योलबाट पछिल्लो दुई सत्रमा ५९ खेल खेल्दै चार गोल गरे । हर्मोसोले स्पेनबाट पनि ३ खेल खेलेका छन् ।


एट्लेटिकाका प्रशिक्षक डिएगो सिमोनीले पोर्चुगलका टिनएजर जोओ फेलिक्सलाई १२ करोड ६० पाउन्डमा लिइसकेका छन् ।

प्रकाशित : श्रावण ३, २०७६ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?