३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

युभेन्ट्समा लिग्ट

एएफपी

रोम — विश्व फुटबलमा सबैभन्दा प्रतिभाशाली खेलाडीमध्ये एक मानिएका डच डिफेन्डर म्याथिज डी लिग्ट बिहीबार अयाक्सबाट ८ करोड ४२ लाख डलरमा युभेन्ट्स लागेका छन् । इटालीको च्याम्पियन क्लबले १९ वर्षीय खेलाडीसँग पाँच वर्षे अनुबन्ध गरेको छ ।

युभेन्ट्सले स्थानान्तरणको रकम पाँच वर्षभित्र तिर्नेछ । त्यसमा एक करोडभन्दा बढी अतिरिक्त शुल्क थप्नुपर्नेछ ।


यो समग्रको स्थानान्तरणले डी लिग्ट विश्वकै सबैभन्दा महँगा डिफेन्डरमा परेका छन् । यसअघि लिभरपुलले अर्का डच खेलाडी भिर्जिल भान डायकलाई सन् २०१८ का साउथह्याम्पटनबाट कीर्तिमान ८ करोड ४० लाख युरोमा किनेको थियो । युभेन्ट्सले किनेका खेलाडीमध्ये डी लिग्ट सबैभन्दा तेस्रो महँगा खेलाडी हुनेछन् ।


सन् २०१८ मा युभेन्ट्सले १० करोड ५० लाख युरोमा क्रिस्टियानो रोनाल्डो रियल म्याड्रिडबाट किनेका थिए । सन् २०१६ मा युभेन्ट्सले गोन्जालो हिगुइनका लागि नेपोलीलाई ९ करोड युरो तिरेको थियो । यसअघि डी लिग्ट म्यानचेस्टर युनाइटेड, बार्सिलोना र पेरिस सेन्ट जर्मेन जाने हल्ला पनि चलेको थियो ।


उनी र युवा साथी खेलाडीको मदतले पछिल्लो सिजनको युरोपेली च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गर्दै अयाक्सले सेमिफाइनल यात्रा गरेको थियो । उनका अयाक्सकै टिममेट २२ वर्षीय मिडफिल्डर फ्रेन्की डी जोङ बार्सिलाना गइसकेका छन् । डी लिग्टले वार्षिक ७५ लाख युरो पारिश्रमिक पाउने छन् । बोनससँगै यो रकम एक करोड २० लाख युरोसम्म पुग्नेछ । अयाक्सका लागि सबै प्रतियोगितामा गरी १ सय १७ खेलमा डी लिग्टले १७ गोल पनि गरेका छन् ।

प्रकाशित : श्रावण ३, २०७६ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?