२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

हारका बाबजुद क्लोप उत्साही

रोयटर्स — युरोपियन च्याम्पियन लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले प्रि–सिजन टुरअन्तर्गत शनिबार बोरुसिया डर्टमन्डसँग पराजित भए पनि टिमको प्रदर्शनले आफू उत्साहित रहेको बताएका छन् ।

हारका बाबजुद क्लोप उत्साही

लिभरपुलका ह्यारी विल्सन र रायान ब्रेस्टरको गोललाई माथ दिँदै डर्टमन्डका पाको अल्कासर, थोमस डेलानी र ज्याकोव ब्रुन लार्सेनले गोल गरेपछि अमेरिकाको इन्डियानास्थित नोट्रे डेम रंगशालामा लिभरपुलले ३–२ को झिनो अन्तरमा हार बेहोरेको थियो ।

‘प्रि–सिजन टुरका जति पनि खेल हेरेको छु, यहाँ खेल्ने शैली मलाई मन पर्दैन । तर केही कारणले सधैं खेल्नुपर्छ । म आफ्नो टिमको प्रदर्शन उच्चस्तरको छ भन्दिनँ तर मलाई थाहा छ कि यो निकै नै उत्कृष्ट खेल हो,’ प्रशिक्षक क्लोपले पत्रकार सम्मेलनमा भने ।

लिभरपुलले प्रि–सिजन टुरमा ट्रनमेरविरुद्ध ६–० तथा बाटफोर्ड सिटीविरुद्ध ३–१ को जितपछि तेस्रो खेलमा पहिलो पराजय बेहोरेको हो । तर क्लोपले अधिकांश सिनियर खेलाडीहरू अनुपस्थित खेलबाट ‘केही पनि नसिकेको’ दाबी गरेका छन् ।


लिभरपुलमा अग्रपंक्तिका तीन स्टार मोहम्मद सलाह, साडियो माने र रोबर्टो फिर्मिनो उपस्थित थिएनन् । उनीहरू राष्ट्रिय टोलीको जिम्मेवारीबाट फर्किएका छैनन् । ‘तपाईंले हेर्न सक्नुहुन्छ कि डर्टमन्ड आफ्नो तयारीमा एक स्तर अघि बढिसकेका थिए । तर हाम्रा लागि धेरै राम्रा कुराहरूको संकेत देखिएको छ,’ जर्मन प्रशिक्षक क्लोपले भने, ‘हामीले जस्तो गोल खायौं, त्यसमा टिम सन्तुलनको कमी थियो । यो स्तरमा योभन्दा धेरै अपेक्षा गर्नु निरर्थक हुन्छ । यो दुवै टिमका लागि कठिन रात थियो ।’


गत सिजन लिभरपुल म्यानचेस्टर सिटीसँग १ अंकले पछाडि रहँदै प्रिमियर लिगमा दोस्रो भएको थियो । तर फाइनलमा टोटनह्यामलाई पराजित गरी च्याम्पियन्स लिगको उपाधि उचालेको थियो । अगस्ट ९ देखि सुरु हुने प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमा लिभरपुलले यसै सिजन शीर्ष डिभिजनमा पुनरागमन गरेको नोर्विच सिटीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित : श्रावण ५, २०७६ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?