कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

कतारको सामना गर्दै नेपाल

काठमाडौँ — नेपालले मंगलबार कतारसँग खेलेर विश्व ट्वान्टी–२० को एसिया छनोटको यात्रा सुरु गर्दै छ । सोमबार सिंगापुरमा सुरु प्रतियोगितामा प्रमुख दाबेदार नेपालको उद्देश्य यसबाट ग्लोबल छनोट हुँदै विश्व ट्वान्टी–२० मै पुग्ने रहेको छ । 

कतारको सामना गर्दै नेपाल

नेपालले १० वर्षपछि कतारसँग ट्वान्टी–२० मा खेल्न लागेको हो । यूएईमा सन् २००९ मा भएको एसीसी ट्वान्टी–२० को पछिल्लो भेटमा नेपालले कतारलाई ६ विकेटले हराएको थियो । कतारसँग नेपाललाई त्यो मीठो बदला थियो । त्यसको दुई वर्षअघि कुवेतमा नेपाललाई कतारले एसीसी ट्वान्टी–२० कपको पहिलो संस्करणमा ३ विकेटले पराजित गरेको थियो ।


त्यसयता नेपालले फड्को मार्दै आएको छ भने कतार जहाँको त्यहीं जस्तो छ । नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरीयतामा ११ र कतार २१ औं स्थानमा छन् । नेपालपछि प्रतियोगितामा कतार वरीयताको हिसाबमा शीर्ष टोली हो । नेपालले विश्व ट्वान्टी–२० छनोटको इस्टर्न रिजन जितेको थियो । कतार वेस्ट रिजनको उपविजेता हुँदै सिंगापुर आएको हो ।


कतारले सोमबार पहिलो खेलमै पराजय बेहोरेको छ । सिंगापुरको इन्डियन एसोसिएसन मैदानमा आयोजक सिंगापुरले कतारलाई ३३ रनले हरायो । टस जितेको सिंगापुरले सुरेन्द्रन चन्द्रमोहनको ४७ रनमा निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ८६ रन बनायो ।


कतारका इकवाल हुसैनले ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिए । कतारले ९ विकेट गुमाई १ सय ५३ रनमात्र बनाउन सक्यो । कप्तान तमुर सहजादले ३४ र मध्यक्रममा मोहम्मद रिजलानले ३३ बलमा अविजित ३३ रन बनाए । सिंगापुरका जनक प्रसाद र अम्जाद महबुबले ३–३ विकेट लिए ।


अर्को खेलमा मलेसियाले कुवेतलाई ४२ रनले पराजित गरेको छ । टस जितेको मलेसिया पूरा २० ओभर खेल्दै १ सय ६२ रनमा अलआउट भयो । सफिक सरिफले ३८ र सैयद अजिलले ३४ रन बनाए । कप्तान मोहम्मद कासिफले ५१ रन बनाए पनि कुवेत १८ ओभरमा १ सय २० रनमा अलआउट भयो । मलेसियाका मोहम्मद साहदतले ३ विकेट लिए ।

प्रकाशित : श्रावण ७, २०७६ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?