कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

भुरीगाउँमा खो खोको बन्द प्रशिक्षण

कान्तिपुर संवाददाता

बर्दिया — मंसिरको दोस्र्रो साता हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको खो खो खेलको बन्द प्रशिक्षण भुरीगाउँमा सुरु भएको छ । 

भुरीगाउँमा खो खोको बन्द प्रशिक्षण

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ठाकुरबाबा नगरपालिकाको भुरीगाउँमा एकेडेमी निर्माण गरेको थियो । मुलुकभरबाट छनोट भएका ३५/३५ महिला तथा पुरुष खेलाडी बन्द प्रशिक्षणमा सहभागी छन् । तिनैमध्येबाट सागका लागि २० पुरुष र २० महिला खेलाडी छनोट हुनेछन् ।


आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा मुलुकभरिबाट महिला र पुरुष गरी २ सय १६ खेलाडी सहभागी थिए । ‘तीमध्येबाट

उत्कृष्ट ३५/३५ जनालाई छनोट गरिएको छ । एक महिनाको बन्द प्रशिक्षणपछि २०/२० जना खेलाडी छनोट हुनेछन्,’ खो खो खेलका प्रशिक्षक केशवराज गौतमले कान्तिपुरसँग भने, ‘अन्तिम छनोटमा परेका खेलाडीले मंसिर १४ गते हुने साग प्रतियोगितामा स्पर्धा गर्नेछन् ।’


बन्द प्रशिक्षणका लागि प्रशिक्षकसहित खेलाडीहरू एक साताअघि बर्दिया आएका हुन् । भारतका खो खो महिला र पुरुष प्रशिक्षक आइतबार साँझसम्म भुरीगाउँ पुग्ने कार्यतालिका छ । बन्द प्रशिक्षण दसैंको एक साताअघिसम्म चल्नेछ । दसैंको एक साता बिदापछि नेपाली खेलाडी प्रशिक्षणका लागि भारतको दिल्लीतर्फ लाग्नेछन् । ३३ दिन भारतमै प्रशिक्षण लिई मंसिर १ गते टोली काठमाडौं फर्किने कार्यतालिका छ ।


‘बर्दियाको भुरीगाउँमा नेपाली प्रशिक्षकहरूले प्रशिक्षण दिइरहनुभएको छ । केही दिनका लागि भारतका प्रशिक्षक पनि आउने कार्यक्रम छ,’ प्रशिक्षक गौतमले भने, ‘सार्कस्तरीय प्रशिक्षण दिल्लीमा गर्ने कार्यक्रम तय भइसकेको छ ।’ खेलाडी प्रशिक्षणका लागि बिहान साढे ६ देखि साढे १० बजेसम्म र साँझ ४ देखि ७ बजेसम्मको समय तोकिएको छ । दिउसो गर्मी भएका कारणले प्रशिक्षणमा समस्या हुने गरेको हो ।


प्रशिक्षणका लागि गौतमसँगै सुरेश नेपाली, बिक्की महर्जन र उषा कुँवर रहेका छन् । बन्द प्रशिक्षणमा महिलातर्फ तीन र पुरुषतर्फ चार खेलाडी घरायसी कारणले सहभागी हुन नसकेपछि वैकल्पिकलाई अवसर दिइएको प्रशिक्षक गौतमले बताए ।

प्रकाशित : श्रावण २०, २०७६ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?