कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

४१ सय मिटरमा भलिबल

आनन्द गौतम

ताप्लेजुङ — छिनभरमा कुहिरोले ढपक्क ढाक्छ । आकाशवाट बर्रर्र वर्षा भइरहन्छ । एकै छिनमा कुहिरो फाट्छ र मौसम खुलेर उज्यालो हुन्छ । यस्तो नभएर सफा मौसम भएको वर्ष कमै हुन्छ । मध्य बर्खा भए पनि चिसोको सामना गर्नुपर्छ । मौसमले लुकामारी गरिरहने ४ हजार १ सय मिटर उचाइको तोक्पेगोलामा खुला पुरुष भलिबल सोमबार सुरु भएको छ । 

४१ सय मिटरमा भलिबल

जिल्लाकै उच्च हिमाली भू–भागमध्ये एक यहाँ प्रतिस्पर्धाका लागि छिमेकी जिल्ला संखुवासभाको पावाखोलादेखिका खेलाडी आएका छन् । जिल्लाको नाल्बु, साँवा, खेजेनिम, पापुङ, सावादिनलगायत खेलाडीको सहभागिता छ । १२ टिमले सहभागिता जनाएको आयोजकले जनायो । तीन दिन चल्ने प्रतियोगिताको उपाधि विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।


उच्च भू–भागमा खेलाडीले जम्प गर्न नसक्ने, छिनभरमै चिसो अनुभूति हुने, बाक्लो कुहिरो लाग्दा खेल्न नसक्ने जस्ता कारण बाहिरबाट आएका खेलाडीलाई समस्या हुने खेजेनिम टिमका लक्ष्मी आङछङबो बताउँछन् । उनले भने, ‘तर आएर खेल्नुको मज्जा नै बेग्लै हुन्छ । कुहिरोले ढाकुन्जेल र पानीले भिजाउन थालेपछि दौडिएर नजिकको घरमा गएर बस्ने र मौसम खुलेपछि फेरि मैदानमा फर्कंदा खेलाडीहरू मौसमसँग रिसाउँछन् । पहिल्यै सहमति गराएकाले आयोजकसँग रिसाउनेचाहिँ मौका हुँदैन ।’


पानी परिररहँदा भिजेर खेल्न नसकिने डण्डु शेर्पा बताउँछन् । उच्च स्थानमा लेक लाग्ने भएकाले आयोजकले यसरी निरन्तर खेलाउँदैनन् । चिसोमा खेलिरहे निरन्तर खेन नसक्ने जस्ता समस्या हुन्छ । चिसोमा अभ्यस्त हुने भएकाले स्थानीयसँग बाहिरबाट आएका खेलाडीले प्रतिस्पर्धा गरेर जित्ने सम्भावना कमै हुन्छ । गत वर्षको उपाधि पनि आयोजकले नै जितेको थियो ।


ढुक्पाछेसी पर्वको अवसरमा आयोजित प्रतियोगिताको सम्पूर्ण खर्च स्थानीयले नै बेहोर्ने आयोजक बताउँछन् । तिब्बतको नजिकै रहेको बस्तीमा प्रतियोगिताका लागि तिब्बतीयनलाई पनि निम्त्याउने गरिएको छ । तर अहिलेसम्म उनीहरू टिम लिएर नआएको डण्डुले बताए ।

प्रकाशित : श्रावण २१, २०७६ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?