२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

कामिरिता ‘ब्राण्ड एम्बेसडर’मा नियुक्त 

रासस

काठमाडौँ — सगरमाथाको २४ पटक आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका कामिरिता शेर्पा ‘हिमालयन ग्लासियर एड्भेञ्चर एण्ड ट्राभल’ कम्पनीको प्रमुख ‘एड्भेञ्चर कन्सल्टेन्ट’ तथा ‘ब्राण्ड एम्बेसडर’ मा नियुक्त भएका छन् ।

कामिरिता ‘ब्राण्ड एम्बेसडर’मा नियुक्त 

उक्तसम्बन्धी सम्झौतापत्रमा बिहीबार यहाँ आरोही शेर्पा र कम्पनीका अध्यक्ष सागर पाण्डेले हस्ताक्षर गरे । सम्झौतानुरुप कामिरिताले आगामी दुई वर्षसम्म हिमालयन ग्लासियरले सञ्चालन गर्ने सगरमाथा ‘बेस क्याम्प’, ‘आइल्याण्ड पिक’ र ‘किलिमञ्जरो’को साहसिक यात्राका सम्बन्धमा प्रमुख परामर्शदाताका रुपमा भूमिका खेल्ने र अन्तरर्राष्ट्रिय प्रवर्द्धनमा सहयोग गर्नेछन् ।

उक्त अवसरमा कीर्तिमानी आरोही शेर्पाले आफूलाई विभिन्न विदेशी कम्पनीबाट पनि प्रस्ताव आएको तर नेपालको कम्पनीमा नै काम गर्न र ब्राण्ड एम्बेसडर बन्न पाउँदा खुसी लागेको बताए । कम्पनीका अध्यक्ष पाण्डेले विश्व कीर्तिमानी शेर्पालाई कम्पनीको ब्राण्ड एम्बेसडरको जिम्मेवारी दिनु गर्वको विषय भएको उल्लेख गरे ।

प्रकाशित : श्रावण २३, २०७६ २१:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?