खेलाडी दर्ता कात्तिक १४ सम्म

कान्तिपुर संवाददाता

काठमाडौँ — चार महिनापछि नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद तयारी समितिको बिहीबार बसेको बैठक केही महत्त्वपूर्ण निर्णय गरेको छ ।

खेलाडी दर्ता कात्तिक १४ सम्म

दक्षिण एसियाली ओलम्पिक काउन्सिल तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको तयारी समिति बैठकले १३ औं सागका लागि भदौ ७ सम्म टेक्निकल ह्यान्डबुक तयार पारेर सम्बन्धित देशहरूमा पठाउने, सबै सहभागी देशबाट भाग लिने खेलका लागि असोज १३ सम्म र सबै खेलाडीको कात्तिक १४ सम्म नाम दर्ता गराइसक्न मिति तय गरेको छ । साग मंसिर १५ देखि २४ सम्म हुने तालिका छ ।


बैठकमा राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना, राखेपका सदस्य सचिव रमेशकुमार सिलवाल, १३ औं साग सचिवालयका कमल खनाल, राखेप विभागीय प्रमुख कुलबहादुर थापा, एनओसीका उपाध्यक्ष पुरेन्द्रविक्रम लाखे, सदस्य तेज गुरुङ, अशोक वज्राचार्य, नीलेन्द्रराज श्रेष्ठ, राखेपका अर्जुन बिक, ऋषि पोखरेल र एनओसीका कायकारिणी सचिव सुजनलाल श्रेष्ठले भाग लिएका थिए ।

१३ औं सागको कामलाई तीव्र गतिमा अगाडि बढाउनका लागि एनओसीका उपाध्यक्ष पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा वर्किङ कमिटी पनि बनाइएको छ ।

प्रकाशित : श्रावण २४, २०७६ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?