नर्विचसँग भिड्दै लिभरपुल

एएफपी

लिभरपुल — कीर्तिमानी अंक बटुलेर पनि झिनो अन्तरले लिग उपाधि गुमाउन पुगेको लिभरपुलले त्यसको पीडा बिर्सेको थियो युरोपेली च्याम्पियन्स लिग जितेर । लिभरपुलले साँच्चै लिग नजितेको ३० वर्ष भयो ।

नर्विचसँग भिड्दै लिभरपुल

यस्तोमा शुक्रबार सुरु हुने इंग्लिस प्रिमियर लिगमा उसको सबैभन्दा ठूलो लक्ष्य यही प्रतियोगिता जित्ने हुनेछ । लिगको पहिलो खेल एनफिल्डमै हुँदै छ । यहाँ भ्रमण गर्ने टिम हो यसैपालि बढुवा भएको नर्विच ।

लिगका अरू प्रतिद्वन्द्वीले यसपल्ट दिल खोलेर नयाँ खेलाडीमा खर्चेको छ, तर योर्गन क्लोपको लिभरपुल भने अविश्वसनीय रूपमा चुपचाप छ । अरू ठूला क्लबले मात्र संयुक्त रूपमा एक अर्ब पाउन्डको हाराहारी खर्चेका छन् । किशोर खेलाडीद्वय सेप भान डेन बर्ग र हार्भे इलियट भने क्लबले किनेको छ, सम्भवतः भविष्यलाई ध्यानमा राखेर अनि स्पेनी गोलरक्षक एडरिनले सिमोन मिग्नोलेटको स्थान लिनेछन् । उनी एलिसन बेकरको सहयोगी हुनेछन् ।


क्लोप मान्छन्, ‘अहिले जति खेलाडी क्लबमा छन् तिनीहरू नै क्लबलाई लिग उपाधि दिलाउन सक्षम र पर्याप्त छन् ।’ पछिल्लो दुई सिजन भने लिरभपुलले २३ करोड पाउन्डभन्दा बढी खेलाडी स्थानान्तरणमा खर्चेको थियो । त्यसै क्रममा त एलिसन, भिर्जिल भान डायक र मोहम्मद सलाहजस्ता खेलाडी आएको । ‘अरू क्लबले खेलाडी किन्यो भन्दैमा त्यसको देखासिखी गर्नु जस्तो मूर्ख काम अरू केही पनि हुन्न,’ क्लोपले स्काई स्पोर्टसलाई भनेका छन् ।


उनको मत हो, अहिले लिभरपुल टिम जस्तो छ, त्यसमा किन अरू कोही नयाँ खेलाडी चाहियो र ? सम्भवतः पछिल्लो लिगमा टिमले जसरी खेल्यो । त्यो एकप्रकारले उत्तर पनि हो, किन लिभरपुलले नयाँ खेलाडीमा रूचि राखेन भनेर । खासमा लिगमा ९७ अंक बटुल्ने हो भने कुनै पनि अवसरमा उपाधि जित्न सकिन्छ । मात्र पछिल्ला दुई सिजन छाड्ने हो भने ।


यी दुई सिजन भने पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटी गज्जब रह्यो । नयाँ उचाइको मापदण्ड कायम राख्यो । सिटीले भने ठीक यही बेला टिम अझ बलियो बनाएको छ । त्यसमाथि गत सिजन टोलीले तीन उपाधि जितेर नयाँ कीर्तिमान पनि राखेको छ । सिटीको यसपल्ट सबैभन्दा ठूलो अनुबन्ध हो, स्पेनी मिडफिल्डर रोड्री ।


गत सातामात्र यही टिमले कम्युनिटी सिल्डमा लिभरपुललाई टाइब्रेकरमा हराएको थियो । तर यसको लिगमा खासै अर्थ हुन्न । लिभरपुलको एउटा चिन्ता के हुनसक्छ भने प्रमुख तीन खेलाडी सलाह, रोबर्टो फिर्मिनो र साडियो माने आफ्नो देशका लागि खुबै व्यस्त रहे सिजन विश्राममा ।


उनीहरू चम्केनन् भने के हुन्छ त ? क्लोप मान्छन्, यसपल्ट एलेक्स अक्सलेड च्याम्बरलिन, एडम लालाना र रिहान ब्रेस्टरको उपस्थितिले ठूलो अर्थ राख्नेछ । लिभरपुल स्वयं यस सिजन खुबै व्यस्त रहनेछ ।


युरोपेली विजेताका रूपमा लिभरपुलले यूईएफए सुपर कप अर्को साता खेल्दै छ भने अर्को महिना क्लब वर्ल्डकप पनि छ । त्यसको अर्थ लिभरपुलले यस सिजनमा अझै ६ उपाधिका लागि खेल्नेछ । भनिरहनु पर्दैन सबैभन्दा महत्त्वपूर्ण यही लिग उपाधि नै हुनेछ ।

प्रकाशित : श्रावण २४, २०७६ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?