२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

इंग्लिस प्रिमियर लिग : तीन नयाँ अनुहार

एएफपी

लन्डन — प्रिमियर लिगमा उक्लेयता क्रिस वाइल्डर, डानियल फार्के र डिन स्मिथले थाहा पाउने छन्, सेफिल्ड युनाइटेड, नर्विच र एस्टन भिल्ला पानी माथि हुन्छन् वा डुब्ने छन् ।

इंग्लिस प्रिमियर लिग : तीन नयाँ अनुहार

नर्विचका फार्के र सेफिल्डका स्मिथले प्रिमियर लिगको स्वाद पहिलो सातामै पाउने छन्, किनभने उनीहरूको टिम चाँडै मैदानमा उत्रँदै छ । नर्विच शुक्रबार लिभरपुल भ्रमणमा निस्कने छ । शनिबार एस्टन भिल्ला पनि टोटेनहमतर्फ जानेछ ।


बर्नमाउथले भने सेफिल्डको आतिथ्यता गर्दै छ । फार्केले अहिलेसम्म केही पनि खराब गरेकै छैन भन्दा हुन्छ, किनभने उनी फुटबल प्रशिक्षक नै हुन चाहन्न थिए । तर यिनै ४२ वर्षीय जर्मनले ढिलोचाँडो फुटबलको ज्वरो बुझ्दै छन् । ‘साना क्लबमा प्रशिक्षकले नै सबथोक गर्नुपर्ने हुन्छ,’ फार्केले गार्डियनसँग भनेका छन्, ‘बस कम्पनीसँगको कुराकानीदेखि लिएर खेलाडी अनुबन्ध, मिडियासँगको बसाइ अनि खेलाडीको प्रशिक्षण धेरै काम हुन्छ ।’


नर्विचका म्यानेजर डानियल फार्के


उनको उही कडा मिहिनेतले नर्विचलाई फेरि प्रिमियर लिगमा पुर्‍याएको छ । बोरुसिया डर्टमन्डको रिभर्ज टिममा छँदा उनी प्रशिक्षक भएर पनि पानी बोक्थे । उनको यही छवि र काम गर्ने बानी अन्ततः नर्विचमा काम लाग्यो । ‘क्यानरिच’ पक्कै पनि सानो क्लब हो तर यसको व्यवस्थापन चुस्त हुने गर्छ । नयाँ सिजनका लागि उसले एकेडेमीका खेलाडी म्याक्स आर्नोस र जमल लेविस जस्ता खेलाडीमै भरपर्ने निर्णय गरेको छ ।


क्लबले १० लाख पाउन्डमात्र खेलाडी स्थानान्तरणमा खर्चेको छ । यसमा पनि अधिकांस रकम त डिफेन्डर साम बेरमै खन्याइएको छ । स्मिथले भने एस्टन भिल्लामा मन खुलेर खर्च गर्ने अवसर पाएका छन् । भिल्ला बढुवा खाने तेस्रो टिम थियो, प्लेअफ फाइनलमा डर्बीलाई हराएर । एस्टन भिल्लाले १२ खेलाडी किनेको छ । यसका लागि खर्च गरेको छ, १३ करोड ४० लाख पाउन्ड । स्मिथ आफैं एस्टन भिल्लाका जबरदस्त समर्थक हुन् ।


उनले प्रशिक्षणको गुण वालसल र ब्रेन्टफोर्डमा छँदा सिकेका थिए । उनी चाहन्छन्, एस्टन भिल्लाको भाग्य त्यही नहोस्, जस्तो गत सिजन फुलहमको भएको थियो । बढुवा पाएयता फुलहमले १० करोड पाउन्ड नयाँ खेलाडी किन्नमै लगायो तर यही टिम रेलिगेसनमा परेको थियो । यी ४८ वर्षीय प्रशिक्षक स्मिथको एउटा ठूलै दुःख भने छ । त्यो उनको बुव रन स्मिथसँग जोडिएको छ ।


एस्टन भिल्लाका म्यानेजर डिल स्मिथ


बुवा स्मिथ २० वर्षम्म क्लबमा व्यवस्थापनको काममा थिए, अहिले मस्तिष्कसम्बन्धी रोगग्रसित छन् । ‘मेरा बुवा तीन वर्षदेखि घरमै छन्,’ गत वर्ष उनले द टाइम्सलाई भनेका थिए, ‘म को हुँ भनेर पनि बुवाले मलाई चिन्नुहुन्न । दुःख के छ भने बुवाले म एस्टन भिल्लाको प्रशिक्षक भए भन्ने पनि थाहा पाउनु भएको छैन । उनी चाहन्छन्, बुवाले बुझोस्, कुनै समयका सानो छोरा अब ठूलो भइसकेको मात्र छैन, क्लबको सबैभन्दा मुख्य मान्छे पनि भएको छ । स्मिथ मधुर स्वरमा भन्ने गर्छन्, ‘यो सबै कुरा बुवाले थाहा पाउनुभएको भए कत्ति खुसी हुनुहुन्थ्यो होला ।’


सेफिन्डका म्यानेजर क्रिस बाउण्डर

यसपल्ट प्रिमियर लिगमा ८ क्लबका व्यवस्थापक इंग्लिस छन् । त्यसमा एक स्मिथ पनि हुन् भने अर्का विल्डर । विल्डरसँग स–साना क्लब सम्हालेको अनुभव छ । उनी ती पुराना दिन सम्झन चाहन्नन्, किनभने साना क्लबमा तलब पाउनु पनि अधिकांस समय ठूलै उपलब्धि हुने गर्छ । अहिले उनको काँधमा ठूलो जिम्मेवारी छ । त्यसैले उनी चाहन्छन्, सेफिल्डमा सबै ठूलो होस् र क्लब पनि कायम रहोस् यही प्रिमियर लिगमा ।

प्रकाशित : श्रावण २४, २०७६ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?