नेपालको पहिलो खेल हङकङसँग
काठमाडौँ — नेपालले पाँच राष्ट्र सहभागी ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा हङकङसँग खेल्दै छ । ओमानले अक्टोबर ५ देखि १० सम्म प्रतियोगिता आयोजना गर्दै छ । ओमान, नेपाल, हङकङसहित आयरल्यान्ड र नेदरल्यान्ड्सले प्रतियोगितामा सहभागिता जनाउने छन् ।
अक्टोबर ६ मा हङकङसँग खेलेर प्रतियोगिताको सुरु गर्ने नेपालले त्यसपछि ७ मा नेदरल्यान्ड्स, ९ मा आयरल्यान्ड र १० मा आयोजक ओमानसँग खेल्नेछ । राउन्ड रोबिनमा एकले अर्को टोलीसँग खेल्ने छन् र त्यसैबाट विजेता छानिने छ ।
यो इभेन्टलाई अक्टोबर–नोभेम्बरमा यूएईमा हुने विश्व ट्वान्टी–२० ग्लोबल छनोटको तयारी रूपमा हेरिएको थियो । तर नेपाल दुई साताअघि सिंगापुरमा भएको छनोटबाट असफल भएपछि ग्लोबल छनोटमा पुग्न चुकेको थियो । त्यसका बाबजुद नेपालले यो प्रतियोगितामा सहभागिता जनाउन लागेको हो । ओमानमा खेल्न लागेका अन्य चार टोली ग्लोबललाई सिधैं छनोट भएका टोली हुन् ।
प्रकाशित : श्रावण २४, २०७६ २१:५७