कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पुलिस स्कुल हावी

कान्तिपुर संवाददाता

काभ्रे — नेपाल पुलिस स्कुल साँगा १३ औं संस्करणको अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगितामा आयोजक हावी भएको छ । ७ विद्यालयका ६६ खेलाडीलाई विभिन्न उमेर समूहमा प्रतिस्पर्धी रहेकामा धेरैमा पुलिस स्कुलका खेलाडीले जिते । 

आइतबार अन्तिम दुई खेलमा पुलिसकै सविना बजगाईं र लाक्पा तामाङ विजयी भए । १५ वर्षमुनिका छात्राको पहिलो खेलमा सविनाले पुलिसकै रविन लामालाई २१–७ र २१–११ को सेटमा हराइन् । १३ वर्षमुनिका छात्रको दोस्रो खेलमा पुलिसका लाक्पाले सोही विद्यालयका सुरज काम्टीलाई २१–६ र २१–१५ को सेटमा हराए ।


१७ वर्षमुनिका छात्रहरूको प्रतिस्पर्धामा काठमाडौं वर्ल्ड स्कुलका आयुष प्रजापति प्रथम र पुलिसका आयुष चन्द दोस्रो भए । १५ वर्षमुनिका छात्रमा पुलिसकै दीप्तिक न्यौपाने प्रथम र जनक कार्की दोस्रो भए । १३ वर्षमुनिका छात्रामा पुलिस स्कुलका याश्री चन्द प्रथम र विद्यासागर स्कुलकी ओसिन क्षत्री दोस्रो भए । ११ वर्षमुनिका छात्रमा पुलिसका खगेन्द्र भण्डारी प्रथम र जिप्रल खत्री दोस्रो, सोही उमेर समूहका छात्रामा पुलिसका प्रकृति शाह प्रथम र स्मृति खडका दोस्रो भए ।


उदियमान खेलाडी खगेन्द्र भण्डारी र दीप्तिक न्यौपाने घोषित भए । सविना बजगाईं उत्कृष्ट खेलाडी घोषित भइन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरे ।


प्रकाशित : श्रावण २६, २०७६ २१:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?