सन्दीपको भिसा आवेदन अमेरिकी दूतावासबाट अस्वीकृत

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेलाई नेपालस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले मंगलबार बिहान आफू अमेरिकी राजदूतावासमा भिसाको लागि अन्तरवार्ता दिन गएको र भिसा काउन्सुलर रुखो रुपमा प्रस्तुत हुँदै भिसाको आवदेन अस्वीकृत गरेको ट्वीट गरेका थिए ।

सन्दीपको व्यवस्थापन हेर्दै आएका नेपाली राष्ट्रिय टोलीका टेक्निकल एनलिष्ट रमन शिवाकोटीका अनुसार उनले अमेरिकाको 'बी १', 'बी २' भिसाका लागि आवेदन दिएका थिए। उनले क्यारेबिएन लिगमा भाग लिनका लागि अमेरिका हुँदै क्यारेबियन मुलुक जानका लागि भिसा आवेदन दिएका हुन्। यसपटकको क्यारेबियन लिगको दोस्रो चरणका खेलहरु अमेरिकामा पनि हुने सम्भावना रहेकोले गर्दा पनि उनले अमेरिकाको भिसा लिएरै त्यस तर्फ चाहेका थिए ।

म्यानेजर शिवाकोटीका अनुसार अमेरिकी दूतावासले सन्दीपलाई दिउँसो १:३० मा पुन: बोलाएको छ।अमेरिकामा खेलाडीका रुपमा जानका लागि बी १, बी २ वा पी १ भिसाका लागि आवेदन दिनुपर्ने हुन्छ।

बी १, बी २ भनेको सामान्य पर्यटक भिसा हो र त्यो भिसामा गएर पनि अमेरिकामा कुनै पनि खेलमा प्रतिस्पर्धा गर्न पाइन्छ भने पी १ विशेष गरेर खेलाडीहरुका लागि उपलब्ध गराइने भिसा हो। पी १ भिसामा गएका खेलाडीका लागि भने बी १ वा बी २ मा गएका खेलाडीभन्दा थप केही सुविधा उपलब्ध हुन्छ।

प्रकाशित : श्रावण २८, २०७६ १२:३१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सुनको भाउ फेरि बढ्याे, तोलाको ७१ हजार

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली बजारमा सुनको भाउ प्रतितोला ७१ हजार पुगेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ७१ हजार रुपैयाँ पुगेको हो ।  

मंगलबार तेजावी सुन ७० हजार ७ सयमा काराेबार भइरहेकाे छ।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔस १५०७ अमेरिकी डलर पुगेर यहाँ भाउ ७१ हजार रुपैयाँ भएको हो।

चाँडपर्वसँगै सुन महँगिए पछि  किनबेच भने ओरालो लागेको छ । तीजको सिजन सुरु भइसक्दा र दसैं नजिकिँदा समेत राजधानीका सुन पसलमा ग्राहकको चहलपहल हुन नसकेकाे व्यापारी बताउँछन् । मूल्य बढ्दै गएपछि किनबेच झन्डै ८० प्रतिशतले घटेको व्यापारीकाे भनाई छ ।

प्रकाशित : श्रावण २८, २०७६ १२:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT