कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

अमेरकी दूतावासले 'रिभ्यु' मा बोलाएर सन्दीपलाई दियो भिसा

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेलाई भिसा दिएको छ । मंगलबार बिहान दूतावासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । उनले भिसा नदिएपछि ट्विट मार्फत असन्तुष्टि व्यक्त गरेका थिए ।

अमेरकी दूतावासले 'रिभ्यु' मा बोलाएर सन्दीपलाई दियो भिसा

लामिछानेले प्रधानमन्त्री, परराष्ट्रमन्त्री र अमेरिकी दूतावासलाई मेन्सन गर्दै मंगलबार बिहान आफू अमेरिकी राजदूतावासमा भिसाको लागि अन्तर्वार्ता दिन गएको र भिसा काउन्सुलर रुखो रुपमा प्रस्तुत हुँदै भिसाको आवदेन अस्वीकृत गरेको ट्विट गरेका थिए ।

त्यसपछि दूतावासले दिउँसो साढे १ बजे रिभ्युका लागि बोलाएको थियो । साढे १ बजे अन्तर्वार्ता लागयतका प्रक्रिया पुरा गरेर भिसा दिएको थियो । लामिछानेले अन्तत: समस्याको समाधान भएको, अमेरिकी दूतावासले गरेको सहयोग र आफ्नो बारेमा चासो राख्ने शुभचिन्तकहरुलाई धन्यवाद दिँदै २ बजेर २७ मिनेटमा ट्विट गरेका छन् ।

सन्दीपले क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका थिए ।

प्रकाशित : श्रावण २८, २०७६ १४:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?