कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

भलिबलको तयारी पूरा

कान्तिपुर संवाददाता

काठमाडौँ — एभीसी एसियन सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको आयोजक नेपाल भलिबल संघले जनाएको छ ।

भलिबलको तयारी पूरा

लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रको कभर्डहलमा

भदौ २ देखि ७ सम्म सञ्चालन हुने प्रतियोगिताबारे मंगलबार आयोजित पत्रकार सम्मेलनमा भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले भने, ‘पाँचौं एसियन सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिताका लागि संघले मूल आयोजक कमिटी र विभिन्न समिति एवं उपसमिति गठन गरी सम्पूर्ण तयारी गरिसकेको छ ।’


प्रतियोगितामा आयोजक नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । अफगानी टिम मंगलबारै काठमाडौं आइसकेको छ । उसले प्रतियोगिताको तयारीमा बुधबार नेपाली राष्ट्रिय टिमविरुद्ध मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दै छ ।


प्रतियोगितामा सहभागी हुने अरु ५ टिम शनिबारसम्म आइसक्ने महासचिव चन्दले बताए । प्राविधिक कमिटीको आगमनसँगै सात टिमलाई दुई समूहमा विभाजन गरी खेलतालिका सार्वजनिक गर्ने पनि संघले जनाएको छ ।


प्रकाशित : श्रावण २९, २०७६ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?