१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पाथीभरा गोल्डकप फुटबल : रेडहर्स सफल सुरुआत

आनन्द गौतम

(ताप्लेजुङ) — चौथो पाथीभरा गोल्डकप फुटबल प्रतियोगितामा इलामको रेडहर्स क्लबले विजयी सुरुआत गरेको छ । बिहीबार उद्घाटन खेलमा ताप्लेजुङको पोमुकेछाङ स्पोर्टिङ क्लबलाई ३–० ले पराजित गर्‍यो ।

पाथीभरा गोल्डकप फुटबल : रेडहर्स सफल सुरुआत

रेडहर्सले पहिलो हाफको ८, १७ र २६ औं मिनेटमा गोल गरेको थियो । पहिलो गोल कप्तान पासाङ शेर्पाले गरे भने अन्य दुई गोल विदेशी खेलाडी पपुवा न्युगिनीका फोफनाले गरे । पासाङले २६ यार्ड टाढाबाट हानेको प्रहार गोलकिपरलाई छुँदै पोस्टभित्र छिरेको थियो । पोजिसनमा नभएकाले किपर स्वयं झुक्किएका थिए ।


फोफना देब्रे साइडबाट नियन्त्रणमा लिएको बल पेनाल्टी बक्सभित्रबाट आफैंले जाली चुमाएका थिए । तेस्रो गोल भने कर्नरबाट आएको बल फोफनाको खुट्टा लाग्दै पोस्टभित्र छिरेको थियो ।


तीन विदेशी खेलाडीसहित मैदानमा उत्रिएको पोमुकेछाङले थुप्रै अवसर पाए पनि गोल फर्काउन सकेन । दुवै टिमले विदेशी खेलाडी उतारेकाले खेलमा दर्शक खचाखच भरिएको थियो ।

म्यान अफ द म्याच फोफना भए । उनलाई जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले ५ हजार पुरस्कार प्रदान गरे ।


शुक्रबार आयोजक ताप्लेजुङ ११ र बेलबारी क्लब मोरङबीच प्रतिस्पर्धा हुनेछ । भानुजन माविको मैदानमा सुरु प्रतियोगितामा १० टिमको सहभागिता छ ।

प्रकाशित : श्रावण ३०, २०७६ २१:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?