कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जिदानको दोस्रो युग

एएफपी

म्याड्रिड — जिनेदिन जिदान रियल म्याड्रिडलाई बचाउन फर्किएका छन् र नतिजा दिने समय आइसकेको छ । सान्टियागो बर्नाबेउमा गत मार्चमा पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले जिदानको पुनः परिचय दिएका थिए ।

जिदानको दोस्रो युग

‘हामीलाई आकर्षक नयाँ युग सुरुआतका लागि काम गर्न आवश्यक छ,’ पेरेजले भनेका थिए, ‘त्यसैको लागि जिदानलाई फेरि स्वागत गरिएको हो ।’

केहीले उकासिने आशा गरेका थिए तर प्रदर्शन निरन्तर ओरालो लाग्दै बार्सिलोनासँगको अन्तर बढ्दा, दूरी नजिकभन्दा फराकिलो हुँदा पनि कसैले प्रशिक्षकलाई दोष लगाएनन् । जिदानले कुनै उपलब्धिका लागि नखेलेको अवस्थामा टिम सम्हालेका थिए । उनलाई टिममा पुनर्संरचना आवश्यक भएको पनि थाह थियो । किनभने उनले त्यसको सात महिनाअघि मात्रै टिम छाडेका थिए, जुन टुक्रिनुभन्दा ठीकअगाडि थियो ।

तुरुन्तै केही निश्चित छैन । पछिल्लो सिजन उनले सम्हालेका ११ खेलमा रियलले ५ खेल जितेको थियो । उनले सुधार गर्ने प्रतिबद्धताका शब्दहरू मात्रै दोहोर्‍याइरहेका थिए । ‘परिवर्तन हुने निश्चित छ,’ उनले भनेका थिए । यसलाई जिदानले अस्वीकार गरेका छन् तर उनीहरू ‘ट्रायल’ मा रहेको देखिन्छ ।

समरमा हरेकपल्ट पहिलो रोजाइमा परीक्षणका लागि खेलाडीहरूले संघर्ष गरेका थिए । कुनै पक्षमा त्यसले केही गर्ने छैन र नतिजामा पनि । धेरैले भनेजस्तो सान्टियागो बर्नाबेउको उपपस्थितिको भने कुरा गरिएको छैन । ‘हाम्रो लागि सबभन्दा राम्रो त्यो सकियो,’ गत सिजनको अन्त्यमा हार बेहोरेपछि जिदानले भनेका थिए ।

अब फेरि सुरु भएको छ, नयाँ सिजन । जुन जिदानको प्रशिक्षकको रूपमा दोस्रो युग हो । उनी फर्किएकैमा धेरैलाई चिन्ता छ । तीनपल्ट च्याम्पियन्स लिग खेल्दै तीनैपल्ट उपाधि जितेको परिपक्वतामा उनले चुनौती मोलेका छन् । उनी बलियो भएर फर्किएको अनुमान गरिएको छ । उनी आफूले चाहेजस्तै टिम पुननिर्माणका लागि क्लबसँग चाहेको माग गर्नसक्ने हैसियत लिएर फर्किएको हुन सक्छन् ।

एडर मिलिताओ, फरल्यान्ड मेन्डी, लुका जोभिच, रोड्रिगो र इडेन हाजार्डलाई करिब ३० करोड युरोमा अनुबन्ध गरेपछि उनी आफैं उत्साही भएको हुनुपर्छ । हाजार्ड मुख्यपात्र हुन् । अघिल्लोपल्ट जिदानले राम्रै थाह पाएका थिए कि विश्वकै सबैभन्दा आकर्षक खेलाडी हरेक वर्ष बाहिरिन्छन् । ‘म ग्यालेक्टिको होइन । अहिलेसम्म छैन । तर कुनै दिन हुने आशा छ,’ हाजार्डले क्लबमा आबद्ध हुँदा भनेका थिए ।

तर, म्याड्रिडको गोजी पहिलाजस्तो बलियो छैन । क्लब र प्रशिक्षकका लागि बिक्री पनि आवश्यक छ । जिदानले गारेथ बेललाई चीन जानलाई सल्लाह दिएका थिए । वेल्सका यी खेलाडीप्रति उनले दया देखाएका छैनन् । ‘यो धेरै नजिक हो,’ जिदानले भनेका थिए, ‘हामी उनले चाँडै छाड्ने आशा गरेका छौं । जुन सबैका लागि राम्रो हुनेछ ।’

बेलका एजेन्टले जिदानले उनको अपमान गरेको बताएका थिए । फ्रान्सेली जिदानले सम्झौता हुने समयमै हुने आशा गरेका थिए । म्याड्रिडले आफ्नो मनसाय परिवर्तन गरेकामा उनी निराश भए । जेम्स रोड्रिग्वेजले पनि अझै छाडेका छैनन् । पाउल पोग्बा र नेयमरलाई भित्र्याउन पनि कठिन साबित भइसकेको छ ।

अर्कोतर्फ जिदान परिवर्तन गर्नबाट रोकिए । गत सिजन युवालाई दिएको अनुभवबाट पनि राम्रो नभएको धेरैले विश्वास गरेका छन् । मार्सेलो, कासेमिरो र केयलर नाभास बसेका छन् भने मार्कोस लोरेन्टलाई एट्लेटिको म्याड्रिड जान दिइयो । सर्जियो रेगुलिन र डानी काबालोसलाई ‘लोन’ मा पठाइएको छ ।

अनिश्चितताकै कुरा गरिरहे पनि सेल्टाभिगोविरुद्ध शनिबार हुने खेलमा म्याड्रिडको पहिलो रोजाइमा परिचित अनुहार नै अनुभव गर्न सकिनेछ ।

नयाँ संरचना पनि हुनसक्छ । प्रि–सिजनको केही उत्कृष्ट खेलले ३–५–२ को संरचनालाई प्रयास गर्न सक्छ । यसमा मार्सेलो, डानी कार्भाहाललाई विङ–ब्याकमा बढी स्वतन्त्रता दिइनेछ । हाजार्ड सेन्ट्रलमा करिम बेन्जेमाको पछाडि खेल्नेछन् । चलायमान टिममा विकल्प केन्द्रमा हुनेछ ।

म्याड्रिडले पछिल्लो सात वर्षमा एकपल्ट मात्रै ला लिगाको उपाधि जितेको छ । उसको स्पेनमा असफलतालाई युरोपमा लगातारको सफलताले मात्रै माफी दिनसक्छ ।

‘हाम्रा लागि अर्को वर्ष लिग नै पहिलो प्राथमिकता हुनेछ,’ जिदानले अप्रिलमा भनेका थिए । त्यसर्थ म्याड्रिडले बार्सिलोना च्याम्पियन्स लिगमा केन्द्रित भएको फाइदा लिनसक्छ । तर क्याटलन र एट्लेटिको म्याड्रिडको दुवै टिम बलियो देखिन्छ र फेरि चुनौती दिन तयार छन् । ‘ला लिगा सबैभन्दा लामो प्रतियोगिता हो । यो गुमाउनै नहुने एउटा हो,’ जिदानले भने, ‘यसलाई मेरा खेलाडीको टाउकोमा छिराउन गइरहेको छु ।’ उनका खेलाडीहरूले अब नतिजा दिने बेला आएको छ ।

स्पेनी ला लिगा

शनिबार

सेल्टाभिगोविरुद्ध रियल म्याड्रिड

२०ः४५ बजे

भ्यालेन्सियाविरुद्ध रियल सोसिडाड

२२ः४५ बजे

मालोर्काविरुद्ध इबर

२३ः४५ बजे

आइतबार

लेगानेसविरुद्ध ओसासुना

००ः४५ बजे

भिलारियलविरुद्ध ग्रानडा

००ः४५ बजे

अल्भेसविरुद्ध लेभान्टे

२०ः४५ बजे

स्पान्योलविरुद्ध सेभिया

२२ः४५ बजे

सोमबार

रियल बेटिसविरुद्ध रियल भालाडोलिड

००ः४५ बजे

एट्लटिको म्याड्रिडविरुद्ध गेटाफे

०१ः४५ बजे

प्रकाशित : श्रावण ३२, २०७६ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?