भरत र टासीलाई कार्ल्सबर्ग गल्फ

काठमाडौँ — कार्ल्सबर्ग गल्फ सिरिज २०१९ को दोस्रो सिरिजमा नेटतर्फ भरत बस्ताकोटी ३८ अंक बटुल्दै विजेता भएका छन् भने गर्सतर्फ टासी छिरिङ (डोङ) ३६ ग्रस अंक हासिल गर्दै ग्रस च्याम्पियन भएका छन् ।

भरत र टासीलाई कार्ल्सबर्ग गल्फ

तीन सिरिजमध्ये पहिलो सिरिजमा आफ्नो होम क्लबको भ्यालिड ह्यान्डीक्याप भएका उदीयमान गल्फरलाई मौका दिइएको थियो ।


शनिबार गोकर्ण गल्फ कोर्समा भएको दोस्रो सिरिजमा राजेन्द्र श्रेष्ठ ३७ अंक काउन्टब्याकका साथ नेट उपविजेता र एनजे रायमाझी ३७ ग्रस अंक काउन्टब्याकका साथ ग्रस उपविजेता बनेका छन् । काउन्टब्याकमा ३७ अंकसाथ आश्रिया बानु महिलातर्फ विजेता भएकी छिन् भने ३७ अंकसहित कश्मिरा शाह उपविजेता भइन् । ६० वर्ष र त्यो भन्दा माथि उमेर समूहको सिनियर विधामा ३६ अंकसाथ दिलीप रायमाझी काउन्ट विजेता भए भने ३५ अंक काउन्टब्याकका साथ एनबी रावल उपविजेता भए ।


४ बर्डिजका साथ तेन्जिङ छिरिङले मोस्ट बर्डिजको उपाधि जिते । दाबा जे शेर्पा र आरएम श्रेष्ठले भने क्रमशः लङ्गेस्ट ड्राइभ र क्लोजेस्ट टु द पिन जिते ।


दोस्रो सिरिजसम्म भरत बस्ताकोटीले नेट विधामा १ सय ५० अंकले अग्रता लिइरहेका छन् भने टासी छिरिङ १ सय ५ अंकले दोस्रो स्थानमा छन् । अजय बी शाह १०० अंकले तेस्रो, एनजे रायमाझी ७५ अंकले चौथो र श्याम सिम्खडा ७० अंकले पाचौं स्थानमा छन् ।


ग्रस विधातर्फ १ सय ५० अंकसाथ टासी छिरिङ अगाडि छन् । एनजे रायमाझी १०५ अंकसाथ दोस्रो स्थानमा छन् रहँदा १०० अंकसाथ पृथ्वी मल्ल र सुरेन्द्र फुयाल संयुक्त तेस्रो स्थानमा छन् । ३/४ ह्यान्डीक्यापका साथ स्टेबलफोर्ड फर्म्याटमा १८ होलमा ८४ गल्फरले प्रतिस्पर्धा गरेका थिए ।


गोकर्ण गल्फ क्लबका अध्यक्ष सहृद घिमिरेले सन् १९९० देखि नेपालमा गल्फ खेलको प्रायोजक रहेको कार्ल्सबर्गले प्रतिभाशाली उदीयमान गल्फरलाई प्रतिभा देखाउने थलोका रूपमा कार्ल्सबर्ग गल्फ सिरिज रहेको स्मरण गराए ।

गोर्खा बुअ्ररीका बजार प्रबन्धक रोजन अमात्यले यस प्रतियोगिताबाट थुप्रै प्रतिभावान गल्फर अगाडि आएको बताउँदै कार्ल्सबर्ग गल्फलाई निरन्तर अगाडि बढाउनेमा आफूहरू प्रतिवद्ध रहेको बताए ।

प्रकाशित : भाद्र १, २०७६ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?