कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डाँगीहाट सेमिफाइनल प्रवेश

(ताप्लेजुङ) — डाँगीहाट फुटवल क्लब मोरङ आइतबार आफ्नै जिल्लाको बेलबारी फुटबल क्लब मोरङलाई १–० गोल अन्तरले पराजित गर्दै पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । ३३ औं मिनेटमा कप्तान विक्रम लिम्बूले गरेको गोल निर्णायक बन्यो । 

डाँगीहाट सेमिफाइनल प्रवेश

बेलबारीले आयोजक ताप्लेजुङ ११ लाई ट्राइबेकरमा पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो । आइतबारको म्यान अफ द म्याच डाँगीहाटकै अरुन लिम्बू भए । डाँगीहाटले अब रेडस्टार क्लब झापा र गोर्खा स्पोर्टिङ क्लबको विजेतासँग फाइनल प्रवेशका लागि खेल्ने छ ।


सोमबारको खेल एलाभेन एरोज सुनसरी र युकेएफसी दार्जिलिङबीच हुनेछ । सुनसरीले मनाङ मर्स्याङदी क्लबका डिफेन्स, थ्रीस्टार र हिमालयन शेर्पाका २–२ तथा दाफिन्स क्यामरुनका ३ जना सहितका खेलाडी भित्र्याएको छ । दार्जिलिङले पनि उत्कृष्ट र नामचलेका खेलाडी ल्याएको आयोजकले बताएका छन् । राम्रा खेलाडी भएकाले सोमबारको खेल उत्कृष्ट हुने दाबी आयोजकको छ ।

प्रकाशित : भाद्र १, २०७६ २१:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?