२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

पाथीभरा गोल्डकप : रेडस्टार लगातार फाइनलमा

आनन्द गौतम

ताप्लेजुङ — पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा साबिक विजेता रेडस्टार क्लब झापा र एलेभेन एरोज सुनसरी भिड्ने भएका छन् । फाइनल शुक्रबार हुनेछ । 

पाथीभरा गोल्डकप : रेडस्टार लगातार फाइनलमा

बिहीबार दोस्रो सेमिफाइनलमा रेडस्टारले डाँगीहाट फुटबल क्लब मोरङलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै एलेभेन एरोजसँगको भेट पक्का गरेको हो । निर्धारित समयमा बराबरी १–१ गोल भएपछि खेलको नतिजा टाइब्रेकरबाट छिनोफानो गरिएको थियो । अन्तिम समयमा पानी परेको थियो । वर्षाको प्रवाह नगरी खेललाई भने निरन्तरता दिइएको थियो ।


रेडस्टारको तर्फबाट निशान लिम्बुको पेनाल्टी निर्णायक बन्यो । झापाका कर्ण लिम्बुको ठाउँमा मैदान छिरेका उनले छैटौं पेनाल्टी प्रहार गरेका थिए । ५–५ जनाले हानेको पेनाल्टीमा दुवै टिम ३–३ गोल मात्रै गर्न सफल भयो । डाँगीहाटको तर्फबाट पेनाल्टी हानेका मानबहादुर चुकेका थिए ।


त्यसअघि रेडस्टारका बुद्ध चेम्जोङ, पुजन उपरकोटी, योगेश गुरुङ गोल गर्न सफल भए भने मनोज राई र निरज बस्नेतले पेनाल्टी असफल भयो । डाँगीहाटबाट विनम लिम्बु, विकेश लिम्बु र विक्रम धिमाल गोल गर्न सफल भए भने प्रविन मैनाली र दिलेन मोक्तानले पेनाल्टी शुटआउटमा गोल गर्न सकेनन् ।


पहिलो हाफ गोलरहित भएको थियो । दोस्रो हाफको लगत्तै योगेश गुरुङको गोलबाट रेडस्टारले अग्रता लियो । फ्रिकिकबाट आएको बलमा उनले गोल गरेका थिए । रेडस्टारको यो खुसी आठौं मिनेटमै डाँगीहाटका विकेश लिम्बुको गोलबाट खोसिएको थियो ।


विकेशले पेनाल्टी बक्स नजिकैबाट देब्रे खुट्टाले हानेको बलले जाली चुमेको थयो । म्यान अफ द म्याच रेडस्टारका गोलकिपर विवश चौधरी भए । उनले दुई पेल्नाल्टी बचाएका थिए ।

प्रकाशित : भाद्र ६, २०७६ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?