सन् २०२१ आजकै दिन : महिला निर्देशकलाई अस्कर

वैशाख १३, २०८१

सन् २०२१ मा आजकै दिन (अप्रिल २५) मा चिनियाँ निर्देशक क्लोइ झाओले उत्कृष्ट निर्देशनतर्फ अस्कर अवार्ड जितेकी थिइन् । उनी अस्कर अवार्ड जित्ने पहिलो गैरश्वेत तथा दोस्रो महिला निर्देशक हुन् । ...

भैरहवा र पोखराबाट दोहा उडान गर्न कतारी अमिरलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहालले कतार सरकारलाई भैरहवा नी तथा पोखराबाट समेत उडान सञ्चालन गर्न आग्रह गरेका छन् । बुधबार कतारी अमिर शेख तमिम बिल हमाद अल थानीसँगको  द्विपक्षीय वार्ताका क्रममा प्रधानमन्त्री दाहालले काठमाडौं र दोहाबीच प्रभावकारी एवं पर्याप्त हवाइ यातायात भएको उल्लेख गर्दै त्यस्तो अनुरोध गरेका हुन् । 

विपिन जोशीको रिहाइका लागि पहल गर्न कतारी अमिरलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहालले इजरायलमा हमासको आक्रमणमा परी बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको सकुशल रिहाइका लागि पहल गरिदिन कतारी अमिरसँग आग्रह गरेका छन्  ।

‘सबै पहिचानहरूको सम्मान हुनुपर्छ’

पूर्वसभाभुख एवं एमालेका तत्कालीन उपनेता सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ मा वैशाख १५ गते शनिबार मतदान हुँदैछ । 

‘पहिचान पक्षधर एक ढिक्का छन्’

वैशाख १५ गते हुने इलाम-२ को उपनिर्वाचनमा प्रमुख राजनीतिक दलहरूसँगै स्वतन्त्र उम्मेदवारहरू पनि चुनावी प्रतिस्पर्धामा छन् । यस्तै प्रतिस्पर्धीहरू मध्येका एक उम्मेदवार हुन् डकेन्द्रसिंह थेगिम ।

‘कांग्रेस पहिचानवादीको पक्षमा छ’

इलाम-२ मा प्रतिनिधिसभाका लागि वैशाख १५ मा उपनिर्वाचन हुँदैछ । उक्त निर्वाचनमा केही पुराना र केही नयाँ उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन् ।

‘एमाले कहिल्यै पहिचानविरोधी हैन’ 

पूर्वसभाभुख एवं एमालेका तत्कालीन उपनेता सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा इलाम क्षेत्र नम्वर २ वैशाख १५ गते शनिबार मतदान हुँदैछ । 

नेपाल र कतारबीच २ सम्झौता, ६ समझदारी

नेपाल र कतारबीच सहकार्य गर्ने सम्बन्धमा १ सरकारी, १ निजी सम्झौता र ६ समझदारी भएका छन् । सरकारी तहमा ५ वटा र निजी क्षेत्रसँग दुईटा समझदारी भएका छन् । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको दुईदिने नेपाल भ्रमणको दोस्रो दिन भएको वार्तामा सहमति भएको हो ।

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका विषयका समझदारीमा हस्ताक्षर भएको छ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको दुईदिने नेपाल भ्रमणको दोस्रो दिन भएको वार्तामा सहमति भएको हो । नेपालको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारको तर्फबाट अमिर तमिमसहितको प्रतिनिधिमण्डलबीच भएको वार्तापछि सहमतिमा हस्ताक्षर भएको हो ।

इलाम-२ उपनिर्वाचन : फाकफोकथुमका दुः ख

एमाले नेता सुवास नेम्वाङको अपराजित क्षेत्र हो, इलाम-२ । २०५६ सालदेखि नेम्वाङले निरन्तर जित्दै २ नम्बर क्षेत्रको फाकफोकथुम उनको 'किल्ला’ नै मानिन्छ ।

इलामको दुर्गममा पुगेनन् उम्मेदवार

एक गाग्री पानी डोकोमा बोकेर घर ल्याइपुर्‍याउँदा माङसेबुङ–२ की सनुजा सङ्खरको आधा घण्टा बित्छ । पानी खेप्दा खेप्दै जिन्दगी नै जाने हो कि भन्ने चिन्ता छ उनलाई । ‘मुहान टाढा छ,’ पसिना पुछ्दै उनले सुनाइन्, ‘हाम्रो त पानी बोक्दा बोक्दै आधा जीवन बितिसक्यो ।’

ऐना झ्यालको पुतलीदेखि रेस्टुरेन्टसम्म

गतवर्ष रिलिज भएको फरक धारको सिनेमा हो ‘ऐना झ्यालको पुतली’ । अस्कर अवार्डका लागि छनोट भएको फिल्मका चार निर्मातामध्ये एक हुन्, आकाश पौडेल । ३३ वर्षीय आकाश फिल्म स्टडिजका विद्यार्थी हुन् । सन् २०१२ मै फिल्म निर्माणमा स्नातक सकेपछि उनी फिल्म निर्माणको काममा केन्द्रित भए ।

कतारी अमिर : कान्छा युवराजदेखि प्रभावशाली शासकसम्म

‘म शेख तमिम बिन हमाद अल थानीलाई सत्ता हस्तान्तरण गर्ने घोषणा गर्छु,’ २५ जुन २०१३ मा राष्ट्रिय टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गर्दै कतारका तत्कालीन अमिर हमाद बिन खालिफा अल थानीले भनेका थिए, ‘मैले युवा नेतृत्वका लागि बाटो खोल्ने निर्णय लिएको छु ।

द्वन्द्वका कारण निवारणको गम्भीर सवाल

द्वन्द्वोत्तर मुलुकका लागि राम्रो संविधान बन्नु मात्रै पर्याप्त हुँदैन । त्यसको विवेकसम्मत परिपालना सर्वथा अपेक्षित हुन्छ । अन्यथा संविधानको वैधता धरापमा पर्छ । कुनै पनि बेला द्वन्द्व र अस्थिरता पुनरावृत्ति हुने खतरा रहन्छ । तसर्थ द्वन्द्वका कारकतत्त्व सम्बोधन मुलुकको उच्च प्राथमिकता बन्नुपर्छ । 

लगानी सम्मेलनमा ५२ मुलुकका ६३४ लगानीकर्ता आउँदै

आगामी साता काठमाडौंमा हुने तेस्रो लगानी सम्मेलनमा ५२ मुलुकका ६३४ जना लगानीकर्ता तथा सरोकारवाला विदेशी अधिकारी सहभागी हुने भएका छन् । सम्मेलनमा ३८५ नेपाली व्यवसायी तथा लगानीकर्ता पनि सहभागी हुने लगानी बोर्डले जनाएको छ । 

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा मंगलबार साँझ यहाँ रात्रिभोजको आयोजना गरे । उक्त अवसरमा विविध सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो । 

राष्ट्रपति पौडेलद्वारा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग आग्रह गरेका छन् ।

लगानी सम्मेलनमा 'सोकेस'मा राखिने परियोजनाको सूची स्वीकृत

लगानी बोर्डको ५८औँ बैठकले तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने, सोकेस गरिने र सम्भावित बजार खोजिने (मार्केट साउन्डिङ) परियोजनाको सूची स्वीकृत गरेको छ । सोमबार बसेको लगानी बोर्डको बैठकले लगानी सम्मेलनमा सरकारी र निजीसमेत गरी कूल एक सय ४८ वटा परियोजना सोकेसमा राख्नका लागि स्वीकृत गरेको हो ।