सदरमुकाम विवादले तनाव, हेलिकप्टरमार्फत थप सुरक्षाकर्मी 

अस्थायी सदरमुकाम रहेको सिस्ने गाउँपालिका ५ र ६ रुकुमकोटमा उच्च सतर्कता अपनाइएको छ । जिल्ला प्रशासनले कार्यालयले गत आइतबार जारी गरेको निषेधाज्ञालाई कडाई गरेको छ भने ठाउँ ठाउँमा सुरक्षाकर्मी परिचालन गरिएको छ । 

सदरमुकामकाे विवाद चर्किएपछि रुकुमकोटमा कर्फ्यू 

जिल्ला प्रशासन कार्यालयले रुकुमकोटमा कर्फ्यू जारी गरेको छ । स्थायी सदरमुकाम गोल्खाडा कायम गर्ने सरकारको निर्णय कार्यान्यनको मागसहित गोल्खाडा पक्षधरले रुकुमकोटमा र्‍याली तथा सभा गरी छाड्ने अडान लिएपछि प्रशासनले रुकुमकोटको ठूलो भूगोल समेटेर निषेधाज्ञा जारी गरेको हो । 

‘रुकुमकोटमै स्थायी सदरमुकाम बनाऊ’

रुकुमकोट र आसपासका बासिन्दाले सदरमुकाम स्थायी बनाउन आन्दोलन सुरु गरेका छन् । अस्थायी सदरमुकाम रुकुमकोटलाई नै स्थायी बनाउनुपर्ने माग राखेर सर्वसाधारणले सोमबार साँझदेखि आन्दोलन सुरु गरेका हुन् । यस्तै माग राखेर एक वर्षअघि लामो समय आन्दोलन भएको थियो । सोमबारदेखि उक्त आन्दोलनलाई नै निरन्तरता दिइएको हो । 

सदरमुकाम विवादले अन्योल

अस्थायी सदरमुकाम रहेको रुकुमकोटलाई नै स्थायी गराउन माग गर्दै सिस्ने गाउँपालिका ५ र ६ का बासिन्दा झन्डै एक वर्षदेखि आन्दोलनमा छन् ।