प्रदेश ५ गाडी खरिद प्रकरण : ५७ लाख भ्रष्टाचार भएको लेखा समितिको ठहर

प्रदेश ५ को प्रदेशसभा र विभिन्न मन्त्रालयका चारपाङ्ग्रे सवारी साधन खरिदमा झन्डै ५७ लाख रुपैयाँ अनियमितता भएको सार्वजनिक लेखा समितिले ठहर गरेको छ । समितिको शुक्रबार बसेको बैठकले उक्त रकम प्रदेश सरकारको सञ्चित कोषमा जम्मा गर्न निर्देशन दिएको छ । सचिवालयमा मात्र ३७ लाख रुपैयाँ नोक्सानी भएको समितिको ठहर छ । 

प्रदेश ५ मा गाडी खरिद प्रकरण – नियम ठीक, नियत गलत : उपसमिति

प्रदेशसभा र सरकारले किनेका गाडीको खरिद प्रक्रिया अनुसन्धान गर्न सार्वजनिक लेखा समितिले गठन गरेको छानबिन उपसमितिले आइतबार प्रारम्भिक प्रतिवेदन बुझाएको छ ।