यसरी हट्यो कागती गाउँमा बालविवाह

२०५४ देखि २०५९ सम्म म तत्कालीन नुवाकोट, ओखरपौवा (हाल ककनी गाउँपालिका–१) को गाविस अध्यक्ष थिएँ । मेरो घर ओखरपौवाको कागती गाउँमै हो, जुन बालबिवाहको नामले बदनाम थियो । कतै गएर परिचय दिंदा घर ओखरपौवाको कागती गाउँ भन्दा अरुले सोध्ने गर्थे–‘ए तपाईँ त्यो बालबिवाह हुने गाउँको अध्यक्ष हो ?’ एक त आफ्नै घर समाजमा यस्तो कुरिती देखेर चिन्ता लाग्थ्यो, अर्कोतिर बाहिरका मान्छेले बालविवाह हुने गाउँको अध्यक्ष भन्दा कम्ता पीर पर्दैनन्थ्यो । चिन्ता लागेर मात्र के गर्नु समस्या हल हुँदैनथ्यो । 

सोह्र वर्षअघि र पछि

नुवाकोट, ओखरपौवाको कागती गाउँमा ठीक १६ वर्षअघि श्रीपञ्चमीको दिन १० वर्षीय कमल बलामी र १४ वर्षीया सरस्वती बलामी विवाह बन्धनमा बाँधिए ।