घलेगाउँको हिउँमा पर्यटक मख्ख [फोटोफिचर]

स्मार्ट भिलेजको रुपमा अघि सारिएको पर्यटकीय घलेगाउँ । शुक्रबार राति र शनिबार बिहान परेको हिमपातले गाउँ पुरै सेताम्ये थियो । बेंसीसहरबाट जीप र मोटरसाइकलको हुल पर्यटक बोक्दै घलेगाउँ पुग्यो । स्थानीयसँगै घलेगाउँको हिउँले पर्यटकको स्वागत गरिरहेको थियो । शनिबार साँझसम्म घलेगाउँमा हिउँ सेताम्ये थियो ।

हिउँमा रमाइलो [फोटोफिचर]

१३ वर्षपछि पोखरा नजिकका गाउँमा हिमपात भएको छ । शनिबार बिहान परेको हिउँले डाँडाकाँडा सेताम्मे छन् । पर्यटकीय गाउँ घान्द्रुक, सिक्लेस, ताङतिङमा २०६२ पछि पहिलोपल्ट हिउँ पर्‍यो । अन्नपूर्ण गाउँपालिकाको तान्चोक कोटगाउँमा २० वर्षपछि हिउँ परेको स्थानीय राजबहादुर गुरुङले बताए ।

६ वर्षपछि धुन्चेमा हिमपात (फोटोफिचर)

शनिबार बिहान सदरमुकाम धुन्चेलगायत जिल्लाको उच्च हिमाली भूभागमा बाक्लो हिमपात भएको छ  । ६ वर्षपछि सदरमुकाम धुन्चेमा बाक्लो हिउँ परेको हो । धुन्चेका स्थानीयमात्र होइन कर्मचारी, यस क्षेत्रमा घुम्न आएका पर्यटक पनि हिँउ खेल्नमा व्यस्त थिए । पहिलोपटक हिउँको अनुभव गर्न पाउँदा एकदमै रमाइलो भएको धुन्चेका स्थानीय रितु घलेले बताइन् । हिउँसँग खेल्ल पाउँदा बालबालिका धेरै खुसी देखिए । हिउँले एक अर्कालाई हानाहान गर्ने सेल्फी खिच्ने, फोटो खिचेर रमाइलो गर्ने धेरै थिए ।

काठमाडौं वरपरका डाँडामा बाक्लो हिमपात (तस्बिरहरु)

शनिवार काठमाडौं वरपरका डाँडाहरुमा पनि हिउँ परेको छ । धेरै वर्षपछि शिवपुरी–नागार्जुन निकुञ्जसहित ललितपुरको फुलचोकी, भक्तपुरको नगरकोट र चन्द्रागिरीमा हिउँ परेको हो ।शनिवार विहानै नागार्जुन निकुञ्ज नजिकको भीमढुंगा र रामकोट तथा शिवपुरीका डाँडागाउँलगायतका स्थानमा हिउँ परेको छ ।