महानगरपालिकामा जनप्रतिनिधि आएपछि साढे तीन गुणाले विदेश भ्रमण खर्च बढ्यो

काठमाडौं महानगरपालिकाका कर्मचारीको विदेश भ्रमण बजेट ४ वर्षमा साढे तीन गुणाले वृद्धि भएको छ । आर्थिक वर्ष ०७१/०७२ मा ३,४६,११० खर्च भएकोमा ०७४’०७५ मा ११,९७,५०८ सकिएको छ । जुन ३.५६ गुणाले बढी हो । 

काठमाडौं महानगरपालिकामा अचाक्ली खर्च, बैठक भत्तामात्रै डेढ करोड

१ करोड ५८ लाख ६० हजार रुपैयाँ । यो कुनै विकास योजनाको बजेट होइन । काठमाडौं महानगरपालिका कार्यालयको वार्षिक बैठक भत्ता हो । महानगरले निर्धारितभन्दा निकै बढी भत्ता बाँड्ने गरेको छ ।