डोजर प्रतिबन्धपछि अलमल

सरकारले १ करोडभन्दा कम बजेट भएका सडकमा डोजर लगाउन प्रतिबन्ध गरेपछि स्थानीय तह अलमलमा परेका छन् । डोजर लगाएर काम सञ्चालन भइरहेका ती सडक योजनामा अब के गर्ने भन्ने अन्योल भएको सरोकारवालाको भनाइ छ ।

करोडसम्मका योजनामा डोजर चलाउन रोक

एक करोड रुपैयाँसम्मका सरकारी आयोजनामा डोजरलगायत मेसिन प्रयोग गर्न नपाइने भएको छ । मन्त्रिपरिषद् बैठकले संघ, प्रदेश र स्थानीय तहका आयोजनामा मेसिन प्रयोग रोकेको हो । 

पर्यटकीयस्थल कालिञ्चोकमा डोजर प्रतिबन्ध, थप संरचना बन्न नदिइने

धार्मिक तथा पर्यटकीय क्षेत्र कालिञ्चोक आसपासमा अवैध अतिक्रमण रोक्न जिल्ला प्रशासन कार्यालयले भएका संरचनाहरुको विवरण संकलन गरेको छ । जिल्ला प्रशासन कार्यालयले उक्त क्षेत्रमा थप संरचना नबनाउन र डोजर नचलाउन निर्देशनसमेत दिएको छ ।

ग्रामीण सडकमा डोजर प्रतिबन्ध

स्थानीय सरकारले प्रभाव मूल्यांकनबिना जथाभावी डोजर सञ्चालनमा रोक लगाएको छ । डोजरमार्फत जथाभावी सडक निर्माणपछिको क्षतिबाट पाठ सिकेर स्थानीय सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।