तस्बिरमा डीपीएल फाइनलका झलकहरु

सीवाइसी अत्तरियाले तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि जितेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा अत्तरियाले महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले हराउँदै उपाधि उचालेको हो ।

डीपीएल फाइनल हेर्न दर्शकको ओइरो

तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) को फाइनल हेर्न दर्शकहरु ओइरो लागे । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा बनाइएको अस्थायी प्यारापिट शनिबार भरियो । करिव ८ हजार दर्शक क्षमताको उक्त प्यारापीटमा बस्ने ठाउँ नभएर कति दर्शकले मैदान वरपर उभिएरै खेल हेर्नु पर्‍यो ।

डीपीएल ट्रफी उचालेपछिको अत्तरिया

तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) शनिबार सक्किएको छ । गत माघ २८ गतेेदेखि सुरु भएको डीपीएल ११ गते फाइनल भएसँगै सक्किएको हो। डीपीएलको फाइनलमा सीवाइसी अत्तरियाले महेन्द्रनगर युनाइटेडलाई ३ विकटले हराउँदै उपाधि उचाल्यो । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको अत्तरियाले पहिलोपटक उपाधि उचालेको हो। हेरौं उपाधि उचालेपछि अत्तरिया ।

सीवाइसी अत्तरिया डीपीएल- ३ च्याम्पियन

सीवाइसी अत्तरियाले तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि जितेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा अत्तरियाले महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले हराउँदै उपाधि उचालेको हो ।

डीपीएल : काठमाडौंले दोस्रो क्वालिफायर खेल्न अस्विकार गरेपछि महेन्द्रनगर फाइनलमा [भिडियो]

काठमाडौं गोल्डेन्सले रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको शुक्रबार हुन लागेको दोस्रो क्वालिफायर्स खेल खेल्न अस्विकार (रिफ्युज टु प्ले) गरेपछि महेन्द्रनगर फाइनलमा प्रवेश गरेको छ ।

डीपीएल : आफ्नो खेलाडीलाई कारबाही गरेको भन्दै काठमाडौं गोल्डेन्सद्वारा खेल बहिस्कार [भिडियो सहित]

आफ्नो खेलाडीलाई कारबाही गरेको भन्दै रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको शुक्रबार हुने दोस्रो क्वालिफायर खेल काठमाडौं गोल्डेन्सले बहिस्कार गरेको छ । आज महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्सबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुँदै थियो। 

डीपीएल अपडेट : रोमाञ्चक खेलमा महेन्द्रनगरद्वारा रुपन्देही १ रनले पराजित

रुपन्देही च्यालेन्जर्सलाई हराउँदै महेन्द्रनगर युनाइटेड तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिगको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।

सीवाइसी अत्तरिया डीपीएलको फाइनलमा

सीवाइसी अत्तरिया तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अत्तरियाले बुधबार धनगढीस्थति फाप्ला क्रिकेट मैदानमा काठमाडौं गोल्डेन्सलाई पहिलो क्वालिफायरमा ४१ रनले पराजित गर्‍यो ।

डीपीएल : तस्बिरमा काठमाडौं र अत्तरियाको खेल

सीवाइसी अत्तरियाले रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल)-३ क्रिकेटको क्वालिफायर्समा पुग्ने औपचारिकतालाई पुरा गरेको छ । अत्तरियाले मंगलबार काठमाडौं गोल्डेन्सलाई ७ विकेटले पराजित गर्‍यो । हेरौं यी दई टिमको खेल तस्बिरमा ।

डीपीएलबाट यसरी बिदा गरियो जोन्टी रोड्सलाई [फोटो फिचर]

धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटका सद्भावना दूत एवं विश्व क्रिकेटका फिल्डिङ हस्ती जोन्टी रोड्सलाई आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए)ले बिदाइ गरेको छ ।

डीपीएलः शीर्ष स्थानमा अत्तरिया

सीवाइसी अत्तरियाले रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल)-३ क्रिकेटको क्वालिफायर्समा पुग्ने औपचारिकतालाई पुरा गरेको छ । अत्तरियाले मंगलबार काठमाडौं गोल्डेन्सलाई ७ विकेटले पराजित गर्‍यो । यसअघिका ४ मध्येको ३ खेल जितेर अत्तरियाले क्वालिफायर्समा लगभग स्थान निश्चितजस्तै बनाएको थियो ।

डीपीएल अपडेट : अत्तरिया र महेन्द्रनगर प्ले अफमा

सीवाइसी अत्तरिया विराटनगर किंग्सलाई १० रनले पराजित गरी रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा तेस्रो विजय हात पार्दै प्ले अफमा पुगेको छ । विराटनगरको पराजयपछि टोली बाहिरिँदै महेन्द्रनगर युनाइटेड प्ले अफमा पुगेको छ ।

डीपीएलमा धनगढीको जितबिहीन यात्रा, रुपन्देही प्लेअफमा

रूपन्देही च्यालेन्जसले धनगढी स्टार्सलाई ३९ रनले पराजित गरी रूस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको प्ले अफमा पुगेको छ । १५ ओभरको खेलमा १०७ रनको लक्ष्य लिएर आएको धनगढी १४ ओभरमा ६६ रनमा अलआउट भयो ।

रुपन्देहीसँगको फराकिलो विजयपछि काठमाडौं क्वालिफायर्समा

काठमाडौं गोल्डेन्सले रुपन्देही च्यालेन्जर्सलाई १ सय रनले पराजित गरी रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा ७ अंक बटुल्दै क्वालिफायर्समा पुगेको छ । टस जितेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेट गुमाइ १३३ रन बनाएको थियो ।

डीपीएल अपडेट : महेन्द्रनगरको पहिलो जित

महेन्द्रनगर युनाइटेडले सीवाइसी अत्तरियालाई ७ विकेटले पराजित गरी रुस्लान डीपीएल क्रिकेटमा पहिलो विजय हात पारेको छ र महेन्द्रनगरको कुल ४ अंक पुगेको छ ।

फाप्लाको पिच र धनगढीको मौसम

काठमाडौं गोल्डेन्सले पहिलो खेलमै धनगढी स्टार्सले छाडेको १ सय ३३ रनको लक्ष्य ६ विकेट गुमाई पछ्याउँदा रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा ब्याटिङले प्रभाव जमाउने सम्भावना देखिएको थियो । छैटौं दिनमा आइपुग्दा फाप्ला क्रिकेट मैदानको पिच कम स्कोर र यहाँको मौसम ठूलो बहसको विषय भएको छ । 

डीपीएल : शनिबारका दुवै खेल अवरुद्ध

रूस्लान धनगढी प्रमियर लिग (डीपीएल)-३ अन्तर्गत शनिबारका कुनै खेल भएनन् । पश्चिम वायुले बिहीबार अपरान्हदेखि पारेको पानीले फाप्ला क्रिकेट मैदान जलाम्य भएपछि खेल एक बल पनि नफ्याली रद्द भएको हो ।

यस्तो छ डीपीएल भइरहेको फाप्ला क्रिकेट मैदानको अवस्था

पश्चिमी वायुको प्रभावले बिहीबारदेखि पुनः वर्षा हुन थालेपपछि धनगढीमा जारी डीपीएल क्रिकेट अन्तर्गत शनिबारको पहिलो खेल रद्द भएको छ। वर्षाले खेलमैदान जलमग्न भएपछि खेल रद्द गरिएको हो। हेरौं मैदानको अवस्था तस्बिरमा ।

डीपीएल वर्षाले प्रभावित, काठमाडौं र विराटनगरबीचको खेल रद्द

रूस्लान धनगढी प्रमियर लिग (डीपीएल)-३ अन्तर्गत शनिबार काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सबीचको खेल वर्षाका कारण एक बल पनि नफ्याली रद्द भएको छ ।

डीपीएल अपडेट : विराटनगरविरुद्ध रुपन्देहीको सहज जित

रूस्लान धनगढी प्रमियर लिग (डीपीएल) मा रुपन्देही च्यालेन्जर्सले लगातार दोस्रो जित हात पारेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार दिउँसो विराटनगर किंग्सविरुद्ध भएको खेलमा ५ विकेटको विजय निकाल्दै दोस्रो जित हात पारेको हो ।

डीपीएल क्रिकेट : काठमाडौं गोल्डेन्सको सान

दुईपल्टको साबिक विजेता धनगढी स्टार्स उद्घाटन खेलमै पराजित भएको छ । काठमाडौं गोल्डेन्सले सोमबार तेस्रो रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको पहिलो दिन सोमबार रोमाञ्चक खेलमा धनगढीलाई ४ विकेटले हरायो । 

डीपीएल अपडेट : अत्तरियाद्वारा धनगढी पराजित

रूस्लान धनगढी प्रमियर लिग (डीपीएल) को तेस्रो संस्करणको दोस्रो दिनको पहिलो खेल सीवाइसी अत्तरियाले धनगढी स्टार्सलाई ५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको सीवाइसी अत्तरियाले ५ विकेट गुमाउँदै ९५ रन बनायो ।