टीकापुर घटना

टीकापुरमा कडा सुरक्षा

जिल्ला अदालत कैलालीले टीकापुर घटनासम्बन्धी मुद्दामा फैसला सुनाएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । टीकापुरमा प्रहरी परिचालन सशक्त बनाइएको छ ।

चौधरी सांसद रहने/नरहनेमा अन्योल

कैलाली जिल्ला अदालतले दोषी ठहर्‍याएका रेशम चौधरीको सांसद पद गुम्ने वा नगुम्नेमा संवैधानिक अन्योल देखिएको छ । उनी फैसलासँगै स्वतः निलम्बित छन् । संविधानको धारा ८७, ८९ को व्यवस्था अनुसार उनीको पद जान सक्छ । तर, धारा ८७ र ८९ अनुसार पद रिक्त भएको प्रश्न उठेमा सर्वोच्च अदालतको संवैधानिक इजलासले अन्तिम निर्णय गर्ने व्यवस्था  धारा ९० मा छ ।

सजाय तोकिएकै दिन लक्ष्मण थारुसहित १२ जना रिहा हुँदै

टीकापुर हत्या घटनाको मुद्दामा जिल्ला अदालत कैलालीको फैसलापछि ११ जना बुधबार नै रिहा हुँदैछन् । फैसलामा तोकिएको ३ वर्ष अवधिको कैद जरिवाना यसअघि नै पुगिसकेकाले कारागारको कागजी प्रक्रियापछि बुधबार अपराह्न उनीहरु रिहा हुन लागेका हुन् ।

यसरी भएको थियो टीकापुर घटना

राजनीतिक दलले कैलाली टुक्र्याएर ६ प्रदेशमा सहमति बन्न लागेको खबर २०७२ साल साउन २६ गते बुधबार सामजिक सञ्जालमा छायो । त्यही दिन साँझ अखण्ड सुदूरपश्चिम पक्षधर आक्रोशित भयो । धनगढी, अत्तरिया, टीकापुरलगायत बजारमा साँझ राँके जुलुस प्रदर्शन भएको थियो । २८ गते बिहीबारदेखि अनिश्चितकालीन आमहड्ताल सुरु भयो ।

टीकापुर घटनाका दोषी रेशम चौधरीसहित ११ जनालाई २० वर्ष कैद

जिल्ला अदालत कैलालीले बुधबार टीकापुर हत्या घटनाको फैसला गरेको छ । फैसलाअनुसार रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैद तोकेको छ ।

टीकापुर घटनाको फैसला हुँदै 

टीकापुर घटना मुद्दाको बहस सकिएपछि जिल्ला अदालत कैलालीले बुधबार फैसला गर्ने तयारी रहेको अदालतका रजिष्ट्रारले जनाएका छन् । दुवै पक्षबाट ६ दिनसम्म चलेको बहस मंगलबार सकिएपछि फैसलाको तयारी भएको हो ।
ADVERTISEMENT
ADVERTISEMENT

तंग्रिँदै टीकापुर

टीकापुर घटनाका कारण खल्बलिएको सामाजिक सद्भाव पुरानै अवस्थामा फर्कन नसके पनि तंग्रिँदै गएको छ । ‘हामी इतिहास बदल्न सक्दैनौं,’ टीकापुर नगरका प्रमुख तपेन्द्र रावल भन्छन्, ‘भएका गल्ती सच्याउँदै सद्भावयुक्त बनाउनचाहिँ आवश्यक छ ।’

टीकापुर घटनाका मुख्य अभियुक्त चौधरीलाई सांसदको शपथ

टीकापुर घटनाका मुख्य अभियुक्तका रुपमा पुर्पक्षका लागि थुनामा रहेका सांसद रेशमलाल चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

टीकापुर काण्डको पोस्टमार्टम

तीन वर्षअघि भदौ ७ गते कैलालीको टीकापुर सहरमा अनपेक्षित र अवाञ्छित घटना घटे । थारु आन्दोलनकारी र प्रहरी बीचको हिंसात्मक मुठभेडमा असंख्य थारु घाइते भए । आठजना प्रहरी मारिए । घटना घटेको एकाध घन्टापछि सुनसान र चकमन्न अवस्थामा रहस्यमय रूपमा एक बालक गोलीको सिकार भयो ।

टीकापुर घटनाको सुनुवाई सुरु, भदौ २४ गते दुवैतर्फका साक्षीहरुलाई बुझ्ने आदेश

टीकापुर घटनाको मुद्दामा सुनुवाई प्रक्रिया सुरु भएको छ । कैलाली जिल्ला अदालतमा बुधबारदेखि घटनाको सुनुवाई प्रक्रिया सुरु भएको हो ।

टीकापुर घटना: ‘राष्ट्रसंघ लैजान्छौं’

थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनालाई संयुक्त राष्ट्रसंघको ‘पर्मानेन्ट फोरम’ मा एजेन्डाका रूपमा उठाइने भएको छ ।

टीकापुर घटनाकाे दाेषी मधेसी नेता हुन् : खनाल

एमाले नेता झलनाथ खनालले एमालेले अहिलेको संविधान संशोधन हुन नदिने बताएका छन् । मधेसी मोर्चाले संविधान संशोधनका लागि उठाएका संघीयता, नागरिकता लगायतको ४ वटा विषय राष्ट्रको हितमा नरहेको बताए ।

टीकापुर घटनाका पीडितसंग उच्चस्तरीय जाँचबुझ आयोगको टोलीद्वारा छलफल

२०७२ साउनदेखि तराइ–मधेस क्षेत्रमा चर्केको आन्दोलनका घटना छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले मंगलबार टीकापुरको स्थलगत निरीक्षण गरेको छ । आयोग अध्यक्ष गिरिशचन्द्र लाल कर्ण सहितको टोलीले राजनीतिक दल, नागरिक समाजका अगुवा र पीडित पक्ष संग छलफल गरेको हो ।

अध्ययन प्रतिवेदन भन्छ– नेताहरूको अभिव्यक्तिले टीकापुर घटना

कैलालीको टीकापुरमा २०७२ भदौ ७ मा भएको घटनामा संलग्न र मतियार सबैलाई सरकारले प्रचलित कानुनबमोजिम कारबाहीको दायरामा ल्याउनुपर्ने सुझाव संसदको राज्यव्यवस्था समितिको टीकापुर घटना अध्ययन गर्न गठित उपसमितिले दिएको छ ।