गण्डकी मेडिकल कलेज प्रकरण : फरार व्यक्तिका नाममा मुद्दा

जिल्ला प्रहरी कार्यालय कास्कीको नजरमा गण्डकी मेडिकल कलेजका सञ्चालकमध्ये अध्यक्ष खुमा अर्यालसहित आठ जना फरार छन् । अध्ययनरत विद्यार्थीको उजुरीका आधारमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । तर, तिनै फरारमध्येका ६ जनाले वारेसमार्फत उच्च अदालत पोखरामा प्रहरीको पुर्जीविरुद्ध निवेदन दर्ता मात्रै गराएनन्, आदेशसमेत गराए ।

गण्डकी मेडिकल कलेजमा मनपरी शुल्क : राजनीतिक धापमा चलखेल

पाँच वर्षयताका मेडिकल शिक्षामा भएका अनियमिततामा गण्डकी मेडिकल कलेजका प्रमुख सञ्चालक खुमा अर्याल पर्दापछाडि निकै सक्रिय देखिन्छन् । राजनीतिक पहुँचलगायतका कारण छानबिन र कारबाहीको आँट भने कसैले गरेको छैन । 

गण्डकी मेडिकल कलेजका दुई सञ्चालक पक्राउ  

गण्डकी मेडिकल कलेजका सिइओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण शर्मा पक्राउ परेका छन् । विद्यार्थीले ठगी मुद्दामा उजुरी गरेपछि बुधबार उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओमबहादुर रानामगरले जानकारी दिए । 

मेडिकल कलेजको कर्तुत !

फागुन १५ गते प्रकाशित ‘१० लाख बढी असुल्दै मेडिकल कलेज’ समाचारले दुःखी तुल्यायो  । पोखरास्थित गण्डकी मेडिकल कलेजले सरकार र विश्वविद्यालयले तोकेभन्दा बढी रकम विद्यार्थीबाट असुल्ने गरेको रहेछ  ।

गण्डकी मेडिकल कलेज : ताला खुल्यो, रिले अनशन जारी

गण्डकी मेडिकल कलेजमा विद्यार्थीले लगाएको ताल सोमबार प्रहरीले खोलेको छ । नियमविपरीत असुल गरेको शुल्क फिर्तासहितका चार सूत्रीय माग राखेर २६ दिनअघिदेखि विद्यार्थी आन्दोलनमा छन् ।

गण्डकी मेडिकल कलेजका विद्यार्थी आन्दोलित, रिले अनशन लम्बियो

सरकारले तोकेको भन्दा बढी लिएको शुल्क फिर्ता गर्नेसहित चार सूत्रीय माग राखेर विद्यार्थी आन्दोलित भएपछि १८ दिनदेखि पोखराको नयाँबजारस्थित गण्डकी मेडिकल कलेजमा पठनपाठन हुन सकेको छैन । विद्यार्थी आइतबार आठौं दिन पनि रिले अनशनमा बसेका छन् ।

गण्डकी मेडिकल कलेजका विद्यार्थी आन्दोलित 

औपचारिक र अनौपचारिक वार्तामा व्यवस्थापन पक्ष विद्यार्थीका माग पूरा गर्न तयार नभएपछि गण्डकी मेडिकल कलेजको पठनपाठन प्रभावित भएको छ ।