राजपाद्वारा आन्दोलन चेतावनी

राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताले राष्ट्रिय आन्दोलनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । उनीहरूले अर्को मधेसवादी दल संघीय समाजवादी फोरम नेपाललाई मधेसी जनताको अधिकार भुल्दै गएको आरोप लगाउँदै पार्टी एकताको प्रस्तावसमेत गरे ।

आफ्नै मन्त्रीप्रति राजपा सांसद असन्तुष्ट

राष्ट्रिय जनता पार्टीभित्र प्रदेश २ सरकारका मन्त्रीलाई लिएर असन्तुष्टि चुलिएको छ । प्रदेशका बहुमत सांसदले मन्त्रीहरू परिवर्तन गर्न अध्यक्षमण्डलसँग माग गरेका छन् । पार्टीका मन्त्रीहरू अनियमिततामा मुछिएको, मन्त्री–राज्यमन्त्रीबीच दूरी बढेको र सत्ता गठबन्धन दलबीच समन्वय नगरी काम गर्ने गरेको आरोप उनीहरूले लगाएका छन् ।

राजपा अध्यक्ष मण्डल प्रदेश २ को समिक्षा गर्दै

राष्ट्रिय जनता पार्टी(राजपा) नेपालको केन्द्रिय अध्यक्ष मण्डलको बैठक जनकपुरमा सुरु भएको छ । राजपका केन्द्रिय अध्यक्ष मण्डल तथा प्रदेश २ का मन्त्री एवं समन्वय समिति सदस्य बैठकमा सहभागि बैठकमा प्रदेश सरकारको समिक्षा गर्दै छन् ।

अलमलमा राजपा

‘सत्ताका लागि जस्तोसूकै निर्णय र सम्झौता गर्न पछि नपर्ने’ जस्ता आरोप खेपिरहेका मधेसकेन्द्रित दल अहिले सत्ता वा सङ्घर्षको अलमलमा रहेको देखिन्छ । सम्झौतालाई भर्‍याङ बनाएर सरकारमा पुग्ने तर काम नगर्ने परिपाटी विगतकै रोग हो ।

राजपा संयोजकको जिम्मेवारी यादवलाई  

राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी आइतबारदेखि महेन्द्र राय यादवले सम्हाल्ने भएका छन् । चक्रीय प्रणालीअनुसार संयोजकको जिम्मेवारी यादवले पाउन भएका हुन् ।

राजपा नेता कर्णको चेतावनी, 'चार दिनपछि सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं'

राजपा नेपालका नेता लक्ष्मणलाल कर्णले अबको चार दिनपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् । ‘अब यो सरकारलाई समर्थन जारी राख्नुपर्ने कुनै औचित्य छैन' उनले भने, 'हाम्रो पार्टीको अब बस्ने बैठकले समर्थन फिर्ता लिने निर्णय लिन्छ ।’