विप्लव समूह कुशासन र भ्रष्टाचारका कारण पैदा भएको असन्तुष्टिको उपज : भट्टराई

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइले विप्लव समूह कुशासन र भ्रष्टाचारका कारण भएको असन्तुष्टिले पैदा गरेको विद्रोह भएको बताएका छन् । सप्तरी सदरमुकाम राजविराजमा मंगलबार बिहान संचारकर्मीसँग कुरा गर्दे नयाँ शक्ति पार्टीका संयोजकसमेत रहेका भट्टरार्ईले असन्तुष्टिहरुलाई समयमै सम्बोधन गर्न नसकिए यस्ता विद्रोहहरु थप बलियो भएर जाने तर्क गरे ।

सुरक्षा बिथोल्ने तत्वलाई निस्तेज बनाउने प्रक्रिया अघि बढाइएको छ : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले शान्ति सुरक्षा बिथोल्ने तत्वलाई निस्तेज बनाउने प्रक्रिया अघि बढाइएको बताएका छन् । सोमबार भैरहवामा आयोजित पाँच नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री थापाले अहिले मुलुकका शान्ति सुरक्षाको अवस्था सुदृढ रहेको दाबी समेत गरे ।  

सिके राउतसँगको सहमति अनुचित छैन :गृहमन्त्री 

गृहमन्त्री रामबहादुर थापाले फागुन २४ गते सरकार र सिके राउतबीच भएको राजनीतिक सहमतिलाई गलत अर्थ लगाइएकोप्रति आपत्ति जनाएका छन् । उनले मुलुकका चुनौतीहरूलाई सरकारले  सफलतापूर्वक समाधान गर्दा विभिन्न कोणबाट अनर्थ लगाइएकोप्रति सरकार आश्चर्यचकित भएको बताए । 

जनमतसंग्रहबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : कांग्रेस

प्रमुख प्रतिपक्षी कांग्रेसले 'स्वतन्त्र मधेस गठबन्धन' का नेता सीके राउतसँग सरकारले जनमतसंग्रह स्वीकार गरे/नगरेको बारे संघीय संसद्‌मा प्रस्ट जवाफ दिन प्रधानमन्त्री केपी ओलीसमक्ष माग गरेको छ । 

भट्टराईको आरोप- 'सर्वोच्च अदालत प्रभावित पारेर सिके राउतलाई छुटाइयो'

नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री बावुराम भट्टराईले नेत्रविक्रम चन्द, रेशम चौधरी र सिके राउतको विषयमा सरकारको अभिव्यक्ति  तर्कसंगत नरहेको बताएका छन् । शनिबार गोरखा सदरमुकाममा पत्रकारसँग कुराकानी गर्दै भट्टराईले सर्वोच्च अदालत प्रभावित पारेर सिके राउतलाई रिहा गरिएको पनि आरोप लगाए ।

सरकार र राउतबीचको सहमति शंकास्पद : अध्यक्ष थापा

राप्रपाका अध्यक्ष कमल थापाले सरकार र सीके राउतबीच भएको सहमति शंकास्पद भएको बताएका छन् । उनले जनताको अभिमतबाट कुनै पनि राजनीतिक विषय समाधान गर्न सकिने कुरा सहमतिमा उल्लेख गरिएको नै शंकास्पद रहेको बताएका हुन् ।