विप्लव समूहमाथि लगाइएको प्रतिबन्ध फिर्ता लेऊ : वैद्य

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले विप्लव समूहका गतिविधिमाथि लगाइएको प्रतिबन्ध फिर्ता लिन सरकारसित माग गरेको छ । स्थायी समिति बैठकको निर्णय सार्वजनिक गर्दै महासचिव वैद्यले नेकपा विप्लव समूहका नेता, कार्यकर्ताहरुलाई धरपकड तथा यातना दिने काम अबिलम्ब रोक्नसमेत माग गरेका छन् ।

विप्लवमाथिको प्रतिबन्धपछि सामाजिक सञ्जालमा के के आए प्रतिक्रिया ?

मुलुकमा आपराधिक गतिविधि र चन्दा आतंक मच्चाएको भन्दै सरकारले नेकपा (विप्लव समूह) माथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी सुरु भएको छ। 

विप्लव समूहको गतिविधिमा प्रतिबन्ध लगाउने सरकारको निर्णय

सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका गतिविधि आपराधिक भएको ठहर गर्दै त्यसलाई नियन्त्रण गर्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री रामबहादुर थापाले चन्द समूहका गतिविधि आपराधिक भएकाले नियन्त्रण गर्नुपर्ने ठाडो प्रस्ताव लगेका थिए ।

विप्लवको रणनीतिमा सरकारको प्रहार

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अवैधानिक बाटोबाट हिंसात्मक गतिविधि गरिरहेका नेत्रविक्रम चन्द ‘विप्लव’ लाई ‘प्रचण्ड’ बन्न खोजे पार नलाग्ने प्रतिक्रिया दिए । पोखरामा उनले आफ्नो नक्कल गर्न खोज्दा विप्लव डुब्ने चेतावनी दिए । 

वैदेशिक रोजगार व्यवसायीद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण 

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले गैरकानुनी रूपमा आर्थिक सहायता नदिँदा विप्लव समूहले विस्फोट गराएको भन्दै दोषीलाई कडा कानुनी कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ ।

बम पड्काउने र चन्दा असुल्नेहरुसँग वार्ताको औचित्य छैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले आतंक मच्चाएर लुटपाट गर्ने समूहसँग वार्ता नगर्ने बताएका छन् । नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग सरकारले वार्ता गर्नुपर्ने विभिन्न क्षेत्रबाट दबाब बढाइएको बेला प्रधानमन्त्री ओलीले हिंसा र विस्फोट गरी चन्दा आतंक मच्चाउनेसँग वार्ता नहुने बताए ।

विप्लव समूह कुशासन र भ्रष्टाचारका कारण पैदा भएको असन्तुष्टिको उपज : भट्टराई

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइले विप्लव समूह कुशासन र भ्रष्टाचारका कारण भएको असन्तुष्टिले पैदा गरेको विद्रोह भएको बताएका छन् । सप्तरी सदरमुकाम राजविराजमा मंगलबार बिहान संचारकर्मीसँग कुरा गर्दे नयाँ शक्ति पार्टीका संयोजकसमेत रहेका भट्टरार्ईले असन्तुष्टिहरुलाई समयमै सम्बोधन गर्न नसकिए यस्ता विद्रोहहरु थप बलियो भएर जाने तर्क गरे ।