सम्झौता कार्यान्वयन नगरे सीके राउतलाई गिरफ्तार गर्न सांसदको सुझाव

राष्ट्रियसभाको बुधबारको बैठकमा सांसद बलराम बाँस्कोटाले सरकार र स्वतन्त्र मधेस गठबन्धनबीच सम्झौता हुनु सरकारको महत्वपूर्ण कार्य भए पनि सम्झौतालगत्तै स्वतन्त्र मधेसको नारा घन्केको अवस्थालाई ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । 

राजपाको विरोधपछि स्थगित बैठक सभामुखको रुलि‌‌ङ पछि सुचारु

राजपाका सासंदहरुको विरोधका कारण १० मिनेटका लागि स्थगित भएको संघीय संसदको बुधबारको बैठक पुनः सुचारु भएको छ । सभामुखले सरकारलाई लाल आयोगको प्रतिवेदन यथाशिध्र सार्वजनिक गर्न रुलिङ गरेसँगै राजपाका सांसदहरु आफ्नो स्थानमा बसेका थिए ।

ओलीको सनकले देश फेरि द्वन्द्वतर्फ : गगन थापा

नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीको सनकका कारण देश बिग्रन थालेको बताएका छन् । उनले प्रधानमन्त्रीको सनकले देश नचल्ने बताए ।