प्रश्न चोर्ने प्रहरी नक्कली परीक्षार्थी 

एसईईको प्रश्नपत्र परीक्षाअघि नै सार्वजनिक गर्ने कार्यमा दुई प्रहरी जवान, एक शिक्षकसहित ६ जनाको संलग्नता देखिएको छ । विज्ञान र सामाजिक विषयको प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा पक्राउ परेका ६ जनालाई नै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा सार्वजनिक गरेको छ ।

एसईईको प्रश्नपत्र आउट प्ररकरणका आरोपीहरु सार्वजनिक 

एसईई परीक्षको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न दुई प्रहरी, एक शिक्षकसहित ६ जना आरोपीलाई सार्वजनिक गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

एसईईको प्रश्नपत्र आउट गरेको आरोपमा पक्राउ परेका दुई प्रहरीसहित ६ जना सार्वजनिक

एसईई परीक्षको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न दुई प्रहरी, एक शिक्षकसहित ६ जना आरोपीलाई सार्वजनिक गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

एसईईको प्रश्नपत्र आउट गर्ने अभियुक्त आज सार्वजनिक गरिँदै

माध्यमिक शिक्षा परिक्षा(एसईई) को परीक्षा अगावै प्रश्नपत्र बाहिर्‍याउने अभियुक्तहरुलाई प्रहरीले बिहीबार सार्वजनिक गर्दैछ । 

एसईई प्रश्नपत्र आउट प्रकरण : प्रदेश २ मा प्रहरीबाटै बाहिरिएको थियो

माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत गत १४ र १५ गते भएको विज्ञान र सामजिक विषयको प्रश्नपत्र प्रदेश २ मा बाहिरिएको घटनामा प्रहरीकै संलग्नता देखिएको छ ।

रद्द र स्थगित गरिएको प्रदेश २ को एसईई परीक्षा चैत २२ देखि २९ गतेसम्म हुने

प्रदेश २ को रद्द र स्थगित गरिएको माध्यामिक शिक्षा परीक्षा (एसईई) को परीक्षा चैत २२ देखि २९ गतेसम्म सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डले निर्णय गरेको छ । बोर्डको आज बिहान बसको बैठकले २२ देखि २९ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । 

प्रदेश २ को स्थगित एसईई चैतभित्रै

राष्ट्रिय परीक्षा बोर्डले चैतभित्रै सम्पन्न गर्ने गरी प्रदेश २ को एसईई परीक्षाको तयारी अघि बढाएको छ । प्रदेश २ मा स्थगित र रद्द भएका परीक्षा चैत महिनाभित्रै हुने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । 

गणित विषयमा त्रुटि नै त्रुटि

एसईई अन्तर्गत गण्डकी प्रदेशमा अनिवार्य गणित विषयमा थुप्रै त्रुटि रहेको पाइएको छ । गणित शिक्षा परिषद् कास्कीले प्रश्नपत्रमा ८ वटा त्रुटि रहेको भन्दै यसले परीक्षार्थीको मानसिक स्वास्थ्यमा असर गरेको जनाएको छ । गणित विषयको परीक्षा गत बुधवार भएको थियो । 

एसईई प्रकरण : तस्बिरमा जितपुरको झडप

माध्यमिक शिक्षा परीक्षा (एसईई) रद्द गरिएको विरोधमा प्रदर्शनमा उत्रेका परीक्षार्थी र प्रहरीबीच शनिबार झडप भएको छ । वीरगन्ज–पथलैया सडक खण्डको जितपुर बजारमा परीक्षार्थीले गरेको राजमार्ग अवरुद्धलाई खुलाउन खोज्ने क्रममा सडकको भीडलाई तितरबितर पार्दा परीक्षार्थीहरुले ढंगामुढा गर्न थालेपछि झडप भएको हो ।

एसईई : बाराको जितपुरमा परीक्षार्थी र प्रहरीबीच झडप 

माध्यमिक शिक्षा परीक्षा (एसईई) रद्द गरिएको विरोधमा प्रदर्शनमा उत्रेका परीक्षार्थी र प्रहरीबीच शनिबार झडप भएको छ । वीरगन्ज–पथलैया सडक खण्डको जितपुर बजारमा परीक्षार्थीले गरेको राजमार्ग अवरुद्धलाई खुलाउन खोज्ने क्रममा सडकको भीडलाई तितरबितर  पार्दा परीक्षार्थीहरुले ढंगामुढा गर्न थालेपछि झडप भएको हो । झडपले स्थिती तनावपूर्ण भएपछि नियन्त्रणको लागि प्रहरीले दर्जन सेल अश्रु ग्यास र हवाइ फायर गरेको छ । 

परिक्षा रद्दभएपछि रौतहटमा पनि विद्यार्थी आन्दोलित

परिक्षा सुरु हुनु अगावै प्रश्नपत्र बाहिरिएर परिक्षा रद्द भएपछि जिल्लाका अधिकांश परिक्षाकेन्द्रका विद्यार्थीहरु आन्दोलीत भएका छन् । उनीहरुले शुक्रबार बिहान पूर्वपश्चिम राजमार्गमा चच्काजाम गरेर विरोध जनाएका थिए । विद्यार्थीले सरकार विरोधी नारा लगाउँदै परिक्षा दिन नपाएको झोंकमा चक्काजाम गरेका हुन् ।

एसईई परीक्षा रद्द : शिक्षा मन्त्रालयले आकस्मिक सुरक्षा समितिको बैठक डाक्यो

एसईई परीक्षाको प्रश्नपत्र लगातार बाहिरिएपछि  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक डाकेको छ ।

परीक्षा रद्दको विरुद्धमा प्रदर्शन

प्रश्नपत्र बाहिरिएपछि परीक्षा र रद्द र स्थगित विरोधमा बारा कलैयामा शुक्रबार बिहानैदेखि परीक्षार्थीहरु आन्दोलनमा उत्रेका छन् । नेपाली कांग्रेस निकटका नेविसंघ, संघीय समाजवादी फोरमका विद्यार्थी संगठनलगायतको सहयोगमा परीक्षार्थीहरुले टायर बालेर प्रदर्शन गरिरहेका छन् । विरोध प्रदर्शनलाई शान्त बनाउन सशस्त्र र नेपाल प्रहरीलाई हम्मेहम्मे परेको छ ।

एसईई परीक्षा रद्द : वीरगन्जमा के भइरहेको छ? [भिडियो]

प्रदेश २ को ८ वटा जिल्लामा शुक्रबार नियमिततर्फको माध्यामिक शिक्षा परीक्षा (एसईई) को परीक्षा रद्द भएपछि वीरगञ्जका परीक्षार्थी आक्रोशित बनेका छन् । उनीहरुले 'हामीलाई न्याय चाहियो' भन्दै प्रदर्शन गरेका छन् ।

एसईई परीक्षा रद्दले निराश छन् परीक्षार्थी

प्रश्नपत्र बाहिरिने शृंखला चलेपछि प्रदेश २ को माध्यमिक शिक्षा परीक्षा (एसईई) भाँडिएको छ । यो शृंखला चलेपछि परीक्षार्थीसहित परीक्षा समन्वय समितिका पदाधिकारी, सुरक्षा निकायसहित सरोकारवालाहरु तनावमा छन् । परीक्षा व्यवस्थापन फितलो भएपछि उनीहरु तनाव खेप्न बाध्य भएका हुन् । कसले र कुन ठाउँबाट प्रश्नपत्र बाहिरिइरहेको छ भने सरकारले पत्ता लगाउन सकेको छैन । 

प्रदेश २ मा एसईई परीक्षा रद्द भएपछि विद्यार्थी आक्रोशित, ठाउँठाउँमा विरोध प्रदर्शन

प्रदेश २ को नियमित तर्फको सामाजिक विषयको परीक्षा रद्द गरिएको भन्दै ८ जिल्लाका विद्यार्थीले ठाउँ/ठाउँमा विरोध जनाएका छन् । धनुषा, पर्सा, रौतहट, सप्तरी लगायतका जिल्लाहरुमा विद्यार्थीले परीक्षा रद्द भएकोमा टायर बालेर प्रदर्शन सुरु गरेका छन् । 

प्रदेश २ मा एसईई परीक्षा रद्द, कसले गर्छ प्रश्नपत्र आउट ?

माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा सुरु हुनुभन्दा कम्तिमा १२ घण्टा अगावै प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ का ८ वटै जिल्लामा शुक्रबारको सामाजिक विषयको परीक्षा पनि रद्द गरिएको छ । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा प्रश्नपत्र छ्यापछ्याप्ती भएको थियो । राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा रद्द गर्ने निर्णय गरेको उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए ।

फेसबुकबाट प्रश्नपत्र फुस्किएपछि...

प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ मा बिहीबार एसईई विज्ञान विषयको परीक्षा रद्द गरिएको छ । बिहान ८ बजे परीक्षा सुरु हुनुअघि नै सप्तरीका विभिन्न व्यक्तिले सामाजिक सञ्जालमा विज्ञान विषयको प्रश्नपत्र ‘सेयर’ गरिसकेका थिए । लगत्तै जिल्ला परीक्षा समन्वय समिति बैठकले परीक्षा रद्द गर्न राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालयमा सिफारिस गरेको हो । 

एसईई : प्रदेश २ को समाजिक विषयको प्रश्नपत्र आउट भएको पुष्टि, आजको परीक्षा रद्द

एसईई परीक्षामा प्रदेश २ को समाजिक विषयको प्रश्नपत्र आउट भएको पुष्टि भएको छ । बिहीबार रातिदेखि नै सामाजिक सञ्जालमा प्रश्नपत्र भाइरल भएको थियो । सामाजिक सञ्जालमा भाइरल भएपछि परीक्षा नियन्त्रण कार्यालयले आकस्मिक बोर्ड बैठक डाकेको थियो । बोर्डले साढे ७ बजे प्रदेश २ को सामाजिक विषयको प्रश्नपत्र खोलेर हेरेपछि प्रश्न पत्र आउट भएको पुष्टि गरेको थियो ।

शिक्षक नै खोस्छन् प्याड

पञ्चदेवल विनायक नगरपालिका १ कुइकाकी कल्पना रिमाल चैत १० बाट सुरु एसईई परीक्षा दिन ८ गते नै घरबाट निस्किइन् । सदरमुकामस्थित विद्या मन्दिर मावि विनायकको परीक्षा केन्द्र परेको छ । बिरानो ठाउँ गएर परीक्षा दिँदा कुनै अप्ठ्यारो पर्ने हो कि भन्ने डरले उनलाई सताएको थियो । अर्कोतिर बाहिर डेरा गरेर बस्नुपर्ने भएकाले खर्चको समस्या उस्तै थियो । 

हुम्लामा हिमपात, एसईई परीक्षार्थीलाई समस्या

यहाँ चैतको दोस्रो साता पुनः हिमपात भएको छ । जिल्लामा पुस, माघ, फागुनमा लगातार हिमपात भएको थियो । चैतको दोस्रो साता हिमपात हुँदा एसईई परीक्षार्थीलाई समस्या भएको छ । 

चिटकै भरमा एसईई

विद्यार्थीलाई चिट दिन परीक्षा निरीक्षककै सक्रियता देखिएको छ । परीक्षा अमर्यादित बनाएको भन्दै सप्तरीबाट सोमबार मात्रै ५ निरीक्षक निष्कासनमा परे । सर्लाहीको लालबन्दी केन्द्रबाट पनि एक निरीक्षक निष्कासित भए । चिट बोकेर केन्द्रमै पुग्ने अभिभावकको भीड भने अघिल्ला वर्षको तुलनामा कमी छ ।

एसईई प्रश्नपत्रमा त्रुटि नै त्रुटि

माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रश्नपत्रमा त्रुटि नै त्रुटि भेटिएका छन् । थुप्रै प्रश्न अस्पष्ट रहेको विद्यार्थीको गुनासो छ । ७ वटै प्रदेशका अंग्रेजी र नेपाली विषयका प्रश्नपत्रमा गल्ती र अस्पष्टता भेटिएको हो ।

एसईई परीक्षा : परीक्षार्थी र शिक्षकलाई पोसाक अनिवार्य

आगामी आइतबारदेखि हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईमा परीक्षार्थी र शिक्षकलाई लमजुङमा विद्यालय पोसाक अनिवार्य गरिएको छ ।