नवलपरासीमा जनपरिषद् प्रमुख र जिल्ला इन्चार्ज पक्राउ

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा पश्चिम नवलपरासीका इन्चार्ज पक्राउ परेका छन् । प्रहरीले गंगा ज्ञवाली(सुमन)लाई सोमबार राति बर्दघाट नगरपालिका-४ स्थित आफ्नै निवासबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पश्चिमका डिएसपी वीरेन्द्र थापाले बताए । 

चन्द समूहका तीन जिल्ला सदस्य पक्राउ

नेत्रविक्रम चन्द समूहका तीनजना जिल्लास्तरका कार्यकर्तालाई सप्तरी प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी पमुख एसपी राजेन्द्र विष्टका अनुसार चन्द समूहका जिल्ला सदस्यहरु सप्तरीको कञ्चनरुप नगरपालिका-६ का नुन्नु राम, शम्भुनाथ नगरपालिका-६ का गणपति साह र छिन्नमस्ता गाउँपालिका-१ का तेजनारायण यादवलाई नियन्त्रणमा लिइएको हो ।

चन्दसँग वार्ता गर्ने प्रयास जारी छ : वरिष्ठ नेता नेपाल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग वार्ता गर्नेे प्रयास जारीरहेको बताएका छन् ।

चन्द समूहका तीन कार्यकर्ता प्रक्राउ

नेत्रविक्रम चन्द समुहका तीन कार्यकर्तालाईर् प्रहरीले प्रक्राउ गरेको छ । टेम्केमैयङु गाउापालिका-४ नागिका सञ्जय राई, पौवादुम्मा गाउँपालिका-३ च्याङ्गेका विकास राई र साल्पासिलोछो गाउँपालिका-२ कुलुङ्गका महेन्द्र तामाङलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चन्द समूहले गर्‍याे आन्दाेलनकाे घाेषणा, चैतभित्र प्रतिबन्ध नहटाए सरकारलाई प्रतिबन्ध लगाउने चेतावनी

सरकारले लगाएको प्रतिबन्धविरुद्ध नेत्रविक्रम चन्द नेतृत्वकाे नेकपाले आन्दोलनको घोषणा गरेको छ । चैतभित्र प्रतिबन्ध हटाउन माग गर्दै उसले नभए सरकारका कार्यक्रममाथि पनि प्रतिबन्ध लगाउने चेतावनी दिएकाे छ ।

चन्द समूहका कोशी ब्युरो संयोजक श्रेष्ठ पक्राउ 

नेत्रविक्रम चन्द समूहका कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ (पुष्कर)लाई प्रहरीले पक्राउ गरेको छ । उच्च स्रोतका अनुसार श्रेष्ठलाई आइतबार राति पूर्वी क्षेत्रबाट पक्राउ गरेको हो ।
ADVERTISEMENT

चन्द समूहको चन्दा आतंक : गाँउपालिका कर्मचारीले कार्यालय छाडे 

नेत्रविक्रम चन्द समूहको चन्दा आतंकले दुर्गम पहाडी बुलिंटार गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीन कर्मचारीले गाँउपालिका छाडेका छन् । चन्द समूहका वीरगञ्ज इन्चार्जका नामबाट गाँउपालिकामा नगद चन्दा माग गरेका छन् ।

चन्द समूहका उच्च नेताहरू निगरानीमा

प्रहरीले नेक्रवित्रम चन्द समूहका तेस्रो वरीयताका नेता एवं मध्य क्षेत्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ सहित नौ जनालाई पक्राउ गरेसँगै अन्य उच्च नेताहरूमाथि निगरानी बढाएको छ । प्रहरीको विशेष ब्युरो, महानगरीय प्रहरी अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय काभ्रेको संयुक्त टोलीले वलीसहित नेतालाई काभ्रेको खानीखोला गाउँपालिका– ३ बाट पक्राउ गरेको हो ।

चन्द समूहमा एक्लिए विश्वकर्मा

नेक्रवित्रम चन्दको अति विश्वासपात्र मानिएका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पछिल्लो समय चन्द समूहभित्र एक्लिएका छन् । सरकारबाट गिरफ्तार भएपछि रिहाइका लागि उनले गरेका गतिविधिप्रति आशंका गरिएपछि जिम्मेवारीविहीन बनाइएका छन् । 

कांग्रेस नेता पौडेल भन्छन्, 'चन्द समूहलाई मूलधारमा ल्याउनुपर्छ'

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई मूलधारको राजनीतिमा ल्याउनुपर्ने बताएका छन् । सिन्धुलीमा शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता पौडलले चन्द समूहका गतिविधिमा प्रतिबन्ध लगाएर सरकारले लोकतन्त्रमाथि प्रहार गरेको बताए ।

चन्द समूहका नेता ओली पक्राउ : यसरी गरियो अपरेशन

नेत्रविक्रम चन्द समूहका मध्य क्षेत्रीय कमाण्डका इन्चार्ज हेमन्तप्रकाश ओली पक्राउ परेका छन् । शुक्रबार राति प्रहरीले काभ्रेको खानीखाेला गाँउपालिका- ७ क्षेत्रबाट ओलीसहित अन्य ८ जनालाई नियन्त्रणमा लिएकाे हो । 

चन्द समूहसँग वार्ता गर्न पौडेलकाे सुझाव

कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले नेत्रविक्रम चन्द समूहलाई मूलधारमा ल्याउनुपर्ने बताएका छन् । प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई राम्रोसँग थाहा हुँदाहुँदै पार्टीलाई नै प्रतिबन्ध लगाएर थप हिंसा भड्काउनु लोकतन्त्र माथिको प्रहार भएको बताए ।  

चन्द समूहका मध्य क्षेत्रीय कमाण्डर ओलीसहित ९ जना पक्राउ 

नेत्रविक्रम चन्द समूहका मध्य क्षेत्रीय कमाण्ड समालेका हेमन्तप्रकाश ओली पक्राउ परेका छन् । शुक्रबार राति प्रहरीले काभ्रेको खानीखाेला गाँउपालिका– ३ क्षेत्रबाट ओलीसहित अन्य ८ जनालाई नियन्त्रणमा लिएकाे हो । 

चन्द समूहलाई सरकारको आग्रह, 'वार्तामा आउनुस्, गोलाबारुद  बिसाउनुस्'

सरकारले गोलाबारुद बिसाएर संवादमा आउन नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई आग्रह गरेको छ । पछिल्ला मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले हतियारले कुनै पनि समस्या समाधान नदिने भन्दै वार्तामा आउन आग्रह गरेका हुन् ।

काभ्रेबाट विप्लव समूहका ४ जना पक्राउ, एकजना हतियारसहित फरार

मंगलबार राति काभ्रेको रोशी गाउँपालिका-२, काफल डाँडामा प्रहरी र विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीच मुठभेड भएको प्रहरीले दाबी गरेको छ । 

काभ्रेमा प्रहरी र चन्द समूहबीच गोली हानाहान

काभ्रेमा प्रहरी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा कार्यकर्ताबीच गोली हानाहान भएको छ । नेकपा समूहलाई नियन्त्रण गर्न गएको महानगरीय प्रहरी अपराध महाशाखा टोलीमाथि मंगलबार राति फायरिङ गरेपछि प्रहरीले पनि जवाफी फायरिङ गरेको हो । गोली हानाहान रोशी गाउँपालिकामा भएको भनिए पनि पुष्टि भइसकेको छैन ।