नेपाली कामदारलाई जापानीसरह सुविधा

जापानले १४ वटा क्षेत्रमा दक्ष नेपाली कामदार लैजाने भएको छ । कामदारले जापानी नागरिकसरह सेवा र सुविधा पाउनेछन् । नेपाल र जापान सरकारबीच सोमबार सहयोग समझदारी (एमओसी) भएपछि श्रम भिसामा दक्ष नेपाली कामदार जापान जाने बाटो खुलेको हो । 

जापानी र नेपाली कामदारबीच विभेद हुँदैन : श्रममन्त्री

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपाली र जापानी श्रमिकबीच विभेद नगरेकोले जापान सम्झौता निकै महत्वपूर्ण दस्तावेज भएको बताए ।

जापान कामदार पठाउन 'सहयोग समझदारी पत्र'मा हस्ताक्षर

जापानले नेपाली कामदार लैजाने विषयमा दुई देशबीच सोमबार काठमाडौंमा 'सहयोग समझदारी पत्र'मा हस्ताक्षर भएको छ । सोमबार भएको एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको उपस्थितिमा श्रम मन्त्रालयका निमित्त सचिव र जापानी राजदूतले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।  

नेपाल–जापान समझदारी आज

जापानले नेपाली कामदार लैजाने विषयमा दुई देशबीच सोमबार काठमाडौंमा श्रमसमझदारी हुँदै छ । यसलाई दुई देशबीच ‘सहकार्य गर्ने समझदारी’ को नाम दिइएको छ । जापानले पहिलोपटक ‘श्रम भिसा’ मा सोझै नेपालबाट कामदार लैजाने भएपछि दुई देशबीच समझदारीमा हस्ताक्षर हुन लागेको हो ।

जापान र चीन उडान अनिश्चित

दुइटा वाइडबडी विमान भित्र्याएको नेपाल वायुसेवा निगमले आफैंले सार्वजनिक गरेको तालिका र व्यावसायिक योजनाअनुसार जापान र चीनमा उडान गर्न सकेन  । निगमले फेब्रुअरी १ देखि जापानको ओसाका र मार्च १ देखि चीनको ग्वाङजाओमा सातामा ३/३ वटा उडान भर्ने घोषणा गरेको थियो  ।

नेपाल–जापान बैठक : श्रमिक भर्ना अप्रिलदेखि

बिचौलियाको शोषणमा नपर्ने गरी नेपाली श्रमिक लैजान जापान तयार भएको छ । काठमाडौंमा बुधबार उच्चस्तरीय बैठकमा दुवै देश यसका लागि आवश्यक संयन्त्र बनाउन सहमत भएका छन् । बैठकमा सहभागी हुन जापानबाट ९ सदस्यीय टोली आएको थियो । 

नेपाली कामदार जापान जाने

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा २ दिने नेपाल भ्रमणमा आएका जापानका विदेशमन्त्री तारो कोनोले नेपाल–जापान सिधा हवाई उडान र दुईपक्षीय परामर्श बैठकसम्बन्धी विषयमा संयुक्त हस्ताक्षर गरे ।

जापान सम्राटको भावपूर्ण अन्तिम सम्बोधन

जापानका सम्राट अकिहितोले पदत्याग गर्नु अगाडी आफ्ना शुभचिन्तक समक्ष भावपूर्ण अन्तिम सम्बोधन गरेका छन् । उनले आफ्ना हजारौँ शुभचिन्तकसामू शान्ति कायम गर्नु भनेका छन् ।