मेडिकल कलेजमा अनियमितता : संसदीय उपसमितिले छानबिन थाल्यो

संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित उपसमितिले त्रिभुवन र काठमाडौं विश्वविद्यालयका मेडिकल कलेजको अनियमितताबारे छानबिन थालेको छ  । उपसमितिले मेडिकल कलेजहरूले एमबीबीएसलगायत चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीसँग मनोमानी शुल्क लिएको विषयमा अध्ययन थालेको हो  ।

मेडिकल कलेजमाथि छानविन गर्न संसदीय उपसमिति

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले मेडिकल कलेजहरुले बढी शुल्क लिएबारे छानविन गर्न उपसमिति गठन गरेको छ । सांसद सुरेशकुमार राईको संयोजकत्वमा ९ सदस्यीय उपसमिति गठन गरिएको समितिले जनाएको छ । 

गण्डकी मेडिकल कलेज : फरार पक्रन सीआईबी

ठगी मुद्दाका फरार आरोपी पक्रान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) परिचालन गरिएको छ । विद्यार्थीको जाहेरीपछि आरोपीमध्येका दुईलाई नियन्त्रणमा लिए पनि अन्य फरार छन् ।

मेडिकल कलेजहरुमा संसदीय उपसमितिले छानबिन गर्ने

संसदको शिक्षा तथा स्वास्थ्य समितिले मेडिकल कलेजहरुको अध्ययन गर्न उपसमितिले गठन गर्ने निर्णय गरेको छ । विद्यार्थीसँग बढी शुल्क लिएर अनियमितता गर्ने मेडिकल कलेजहरुमाथि संसदीय उपसमितिले छानबिन गर्ने सभापति जयपुरी घर्तीले जानकारी दिइन् ।

नेसनल मेडिकल कलेजमा विद्यार्थीसँग ब्याजसमेत असुली

तोकिएभन्दा बढी शुल्क असुल्दै आएको वीरगन्जको नेसनल मेडिकल कलेजले समयमा रकम नबुझाउने विद्यार्थीसँग त्यसको ब्याजसमेत उठाउने गरेको पाइएको छ । मेडिकल तथा डेन्टल कलेज एसोसिएसनका अध्यक्ष बसरुद्धिन अन्सारी सञ्चालक रहेको कलेजले ब्याजबापत प्रतिविद्यार्थी हजारौं रुपैयाँ असुलिसकेको छ । 

गण्डकी मेडिकल कलेज खुल्यो, कुरो अझै मिलेन

डेढ महिना लामो गतिरोधपछि गण्डकी मेडिकल कलेज शुक्रबारबाट सञ्चालनमा आएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको रोहबरमा बिहीबार काठमाडौंमा भएको सर्वपक्षीय वार्तामा कलेजले बढी लिएको शुल्क एक महिनाभित्र विद्यार्थीलाई फिर्ता गर्ने सहमतिपछि कलेज खुलेको हो । यद्यपि विद्यार्थी र व्यवस्थापनबीचको मनमुटाव अझै हटेको छैन ।
ADVERTISEMENT

मेडिकल कलेजको ब्रह्मलुट

‘लाखौं ठग्दै मेडिकल कलेज’ शीर्षक समाचार पढ्दा मेरो मन अत्यन्त दुख्यो  । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरूले एमबीबीएस र बीडीएस अध्ययन गर्ने विद्यार्थीबाट सरकारले तोकेको भन्दा धेरै बढी रकम असुल्दै आएको जानकारी भएको छ, जसको सर्वत्र विरोध भएको पनि छ  ।

मेडिकल कलेजमा लुटको तमासा

मेडिकल कलेजहरूमा बढी शुल्क लिएको विवाद नयाँ होइन । पहिले–पहिले विश्वविद्यालयबाट प्रवेश परीक्षा दिनु नपर्ने बेलामा कलेज आफैंले नेपाली र भारतीय कमजोर विद्यार्थीहरूलाई करोडभन्दा बढी शुल्क लिएर भर्ना गर्थे । कतैबाट नियन्त्रण थिएन ।

मेडिकल कलेजमा ठगी प्रकरण : शुल्क एक महिनाभित्र फिर्ता गर्नुपर्ने

सरकारबाट निर्धारितभन्दा बढी लिएको शुल्क मेडिकल कलेजले एक महिनाभित्र विद्यार्थीलाई फिर्ता गर्ने सहमति भएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको रोहबरमा त्रिभुवन विश्वविद्यालयका पदाधिकारी, डिन, कलेज सञ्चालक, पीडित विद्यार्थी, विद्यार्थी संगठनबीच बिहीबार भएको बैठकमा रकम फिर्ता गर्ने सहमति भएको हो ।

मेडिकल कलेजकाे ठगीमा उपकुलपतिकै संरक्षण

शैक्षिक शुल्कका नाममा लाखौं रुपैयाँ असुलेर विद्यार्थी/अभिभावकलाई ठगी गर्ने मेडिकल कलेजलाई त्रिभुवन विश्वविद्यालयकै उपकुलपति तीर्थराज खनियाँले संरक्षण दिने गरेका छन् । पटक–पटक विद्यार्थी/अभिभावकले उजुरी गर्दा पनि ती कलेजविरुद्ध कारबाही गर्न उनले चासो नदेखाएका हुन् ।

अर्बौं ठग्दै मेडिकल कलेज

चैत ४ गते कान्तिपुरमा प्रकाशित ‘लाखौं ठग्दै मेडिकल कलेज’को सट्टा ‘बीसौं अर्ब ठग्दै मेडिकल कलेज’ भएको भए बढी उचित हुने थियो  । मेडिकल कलेजहरूले लाखौं ठगेको एक विद्यार्थीबाट हो  ।