गैंडालाई न घाँस न घोल

एकसिंगे गैंडाको मुख्य आश्रय चितवन निकुञ्जको क्षेत्रफल ९५२.६३ वर्ग किलोमिटर छ । निकुञ्जबाहिर थप ७२९.३७ वर्ग किमि मध्यवर्ती क्षेत्र छ । निकुञ्जभित्र गैंडाको मुख्य बासस्थान २५ प्रतिशत मात्र छ । त्यसमा पनि बर्सेनि दुई प्रतिशतका दरले बासस्थान विनाश भइरहेको छ ।

गैंडाको काल सेफ्टी ट्यांकी

चोरी सिकारीका कारण नमरे पनि अन्य कारणले गैंडा मर्ने क्रम यो वर्ष बढेको छ । गैंडा हिँड्ने क्षेत्रका होटलको सेफ्टी ट्यांकी पनि उनीहरूको काल बनेको छ । पश्चिम चितवनको एक पर्यटकीय होटलको सेफ्टी ट्यांकीमा परेर शनिबार २५/३० वर्षको पोथी गैंडा मरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरेले बताए ।

गैंडा तस्करी विरुद्धको “खाग”

गैंडाको चोरी, सिकारी तथा खाग तस्करी रोक्न एक वन अधिकृतले मोलेको जोखिम र सफलताको कथा समेटिएको फिल्म ‘खाग’ शुक्रबारदेखि देशभर प्रदर्शनमा छ ।

गैंडा गन्न दाताकै भर

चितवन राष्ट्रिय निकुञ्जमा बर्सेनि डेढ लाखभन्दा बढी पर्यटक भित्रिन्छन् । त्यसबाट वार्षिक ३० करोड रुपैयाँभन्दा बढी आम्दानी हुन्छ । बर्दिया राष्ट्रिय निकुञ्जले पनि पर्यटकबाट बर्सेनि ६ करोड रुपैयाँ हाराहारी आम्दानी गरिरहेको छ ।

एसियाली गैंडा जोगाउन हातेमालो

एसियामा पाइने गैंडाको संरक्षण र सहयोग आदानप्रदानका लागि राजनीतिक प्रतिबद्धता जनाउन मन्त्रीस्तरीय बैठक मंगलबारदेखि भारतको नयाँदिल्लीमा सुरु भएको छ ।

गैंडाको आक्रमणबाट मृत्यु

नवलपुरको मध्यविन्दुमा गैंडाको आक्रमणबाट एक बृद्वको ज्यान गएको छ । मध्यविन्दु नगरपालिका–१२ तमासपुरका ८३ वर्षीय पदमबहादुर क्षेत्रीको गैंडाकाे आक्रमणबाट मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए ।
ADVERTISEMENT

गैंडाको खाग बरामद

कैलाली जिल्ला प्रहरीको अनुसन्धान टिमले गैंडाको खागसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बाजुरा बुढीगंगा ३ बह्मतोला घर भई हाल धनगढी उप– महानगरपालिका ५ बस्ने ५१ वर्षीय चक्र भण्डारीलाई गैंडाको खागसहित पक्राउ गरेर बुधबार सार्वजनिक गरेको छ ।