अख्तियारद्वारा आफ्ना पूर्व आयुक्त राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो पूर्व आयुक्त राजनारायण पाठकविरुद्ध घुस लिएको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगको मंगलबारको बैठकले पाठकविरुद्ध ७८ लाख रुपैयाँ घुस लिएको आरोपमा मुद्दा दायर गर्ने निर्णय गरेसँगै मंगलबार नै मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले बताए ।

अख्तियार आयुक्त राजनारायण पाठकद्वारा राष्ट्रपतिसमक्ष राजीनामा, महाअभियोग तयारी स्थागित

नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाई दिने नाममा घुस लिएको समाचार सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले शुक्रबार राष्ट्रपति कार्यालयमा आफ्नो राजीनामा पत्र बुझाएका छन् ।

अख्तियार आयुक्त पाठकको घूस प्रकरण : कार्यालय अख्तियार, अखडा तीनकुने, उच्च पदस्थहरू ४ महिनादेखि गुपचुप

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले घूस उठाउन राजधानीको तीनकुनेस्थित एक घरमा ‘अखडा’ खडा गरेको खुलासा भएको छ ।

अख्तियार आयुक्त पाठकलाई महाअभियोग तयारी 

सत्तारुढ दल नेकपाले नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाई दिने नाममा घुस लिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई महाअभियोग लगाउने तयारी गरेको छ ।

अख्तियार आयुक्त पाठकले घुस लिएको खुलासा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले अख्तियारमै परेको एउटा मुद्दा मिलाउन सबन्धित पक्षसँग घूस लिएको खुलासा भएको छ । पटक–पटक गरी विभिन्न व्यक्तिमार्फत ७८ लाख रुपैयाँ घूस दिएर पनि पाठकले काम नगरिदिएपछि घूस दिने समूहले उनको भिडियोसमेत खिचेको खुलासा भएको छ ।