गैरआवासीय नेपालीले १० अर्ब भित्र्याउने प्रतिबद्धता

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले प्रारम्भिक चरणमा १० अर्ब रुपैयाँ लगानी भित्र्याउने सरकारसँग समझदारी भएको छ । लगानी सम्मेलनको दोस्रो दिन उक्त रकमले नेपाल सरकारको प्राथमिकताका आयोजनामा लगानी गर्ने प्रतिबद्धता सहितको समझदारी भएको हो । 

नेपालमा किन लगानी गर्न चाहन्छ यूएई ? 

खाडीको दोस्रो ठुलो अर्थतन्त्र यूएई नेपालमा लगानी गर्न चाहन्छ । लगानी सम्मेलनमा भाग लिन काठमाडौँ आइपुगेका यूएईका अर्थ मन्त्रालयका वैदेशिक व्यापार सहायक सचिव अब्दुल्लाह अल सलेनीले यूएईको सरकारी र निजी क्षेत्र नेपालमा लगानी गर्न इच्छुक भएको बताए । 

लगानीकर्ता एकै स्वर– 'नेपालबाट लाभांश लैजान समस्या छैन'

नेपालमा लगानी गरेका अन्तर्राष्ट्रिय लगानीहरुले नेपालबाट लाभांश लैजान कुनै समस्या नभएको अनुभव व्यक्त गरेका छन् । लगानी सम्मेलनको दोस्रो दिन शनिबार अनुभव आदानप्रदान सत्रमा बोलेका लगानीकर्ताहरुले प्रक्रिया पूरा गरे नेपालबाट लगानी लैजान समस्या नभएको धारणा राखेका हुन् ।  

लगानीको लागि नेपाल 'भर्जिनल्याण्ड' : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीको लागि नेपाल भर्जिनल्याण्ड भएको बताएका छन् । शुक्रबारबाट काठमाडौंमा सुरु भएको दुई दिने लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा जुन क्षेत्रमा लगानी गर्दा पनि नाफा हुने भन्दै विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्नको लागि आह्वान गरे । 

ट्राफिक प्रहरीले भन्यो - 'लगानी सम्मेलनभरी ट्राफिक जाम हुँदैन'

महानगरीय ट्राफिक महाशाखाले लगानी सम्मेलनका लागि सम्पूर्ण ट्राफिक व्यवस्थापनको तयारी पूरा भएको जनाएको छ । महाशाखा प्रमुख वसन्तकुमार पन्तका अनुसार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि सम्मेलनस्थल र बस्ने होटलसम्मको सम्पूर्ण ट्राफिक व्यवस्थापन पूरा भएको छ । 

लगानी सम्मेलनको तयारी पूरा, १२ वटा समझदारी गर्ने तयारी

शुक्रबार र शनिबार काठमाडौंमा आयोजना हुने लगानी सम्मेलनको सबै तयारी पूरा भएको सरकारले जनाएको छ । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी अर्थमन्त्री युवराज खतिवडाले सम्मेलनको सबै तयारी पूरा भएको जानकारी दिए ।
ADVERTISEMENT
ADVERTISEMENT

नेपाल लगानीका लागि उपयुक्त थलो : अर्थमन्त्री

सरकारले लगानी सम्मेलनलाई एउटा उत्सवका रूपमा सम्पन्न गर्दै नेपाल लगानीका लागि उपयुक्त थलो हो भन्ने तथ्य स्थापित गर्ने भएको छ । अर्थमन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्यलाई पहिल्याउन सम्मेलन महत्वपूर्ण अवसरका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे । सम्मेलन यही चैत १५ र १६ गते आयोजना गरिएको छ । 

के गरे आउँछ, विदेशी लगानी ?

मुलुकमा हुन लागिरहेको लगानी सम्मेलन सफल हुनु भनेको सबै नेपाली सफल हुनु हो । सम्मेलनले सकारात्मक माहोल सिर्जना गर्नसके मुलुक स्वदेशी तथा विदेशी पुँजीको बलमा औद्योगीकरणको बाटोमा हिंँड्न सक्ने स्थिति आउन सक्छ । सरकारले लगानीकर्ताहरूको चासो सम्बोधन गर्न भनी केही काम गर्न खोजेजस्तो पनि देखिन्छ ।

लगानी सम्मेलन : ऊर्जामा साढे १२ खर्ब जुटाइने

सरकारले काठमाडौंमा हुने लगानी सम्मेलनबाट जलविद्युत् क्षेत्रमा मात्र साढे १२ खर्ब रुपैयाँ लगानी जुटाउने तयारी गरेको छ । लगानी बोर्डले सरकारी ठूला ८ आयोजना र निजी क्षेत्रबाट प्रस्तावित ११ वटा विद्युत् आयोजना वैदेशिक लगानीकर्तासमक्ष प्रस्तुत गरेर उक्त परिमाणमा लगानी जुटाउने लक्ष्य राखिएको हो । ती आयोजनाको कुल जडित क्षमता ६ हजार २ सय मेगावाट हो । सम्मेलन आउँदो शुक्रबार र शनिबार हुँदै छ । 

लगानी सम्मेलनमा अलैंची समेट्न आग्रह

सरकारले गर्न लागेको लगानी सम्मेलनमा अलैंचीलाई समेट्न व्यवसायी तथा किसानले आग्रह गरेका छन् । पहाडका ४३ जिल्लामा विस्तार भइसकेको अलैंचीको बजार र उत्पादन खस्किरहेका बेला यसमा लगानी गरी नेपालमै प्रशोधनको वातावरण बनाउन उनीहरूको आग्रह छ ।