छाउपडी प्रथा : महिनावारीमा विद्यालय नै टेक्दैनन् छात्रा

केआईसिंह गाउँपालिका ५ जमलकट्टेस्थित भूवनेश्वरी माविमा कक्षा ८ मा पढिरहेकी निर्मला भट्टले डेढ वर्षयता महिनामा ४ दिन आफू पढ्ने विद्यालयमा पाइलै टेकेकी छैनन् । विद्यालय जान वञ्चित भएपछि त्यस अवधिमा उनका पाइला मेलापात गर्न वनपाखातर्फ लम्किन्छन् । कारण हो ‘महिनावारी’ । 

छाउपडी प्रथामाथि प्रहार

परापूर्व कालदेखि कर्णाली प्रदेश र प्रदेश ७ का अधिकांश जिल्लामा प्रचलित छाउपडी प्रथामाथि यतिबेला चारैतिरबाट अरिंगालको गोलोझैं खनिने काम बढिरहेको छ  । आफूले गर्दै आएको काम राम्रो, अरूको प्रथा कामै नलाग्ने भन्ने अहंकार व्याप्त भएको छ  ।

छाउपडी उन्मूलन मुख्य कार्यसूची

गत माघमा डोटीको पूर्वीचौकी गाउँपालिका–५ की २१ वर्षीया पार्वती बोगटीको छाउ बार्दा निसासिएर मृत्यु भयो । उनकी जेठानीले उनी छाउगोठमा नबसी घरभित्र सुतेकी हुनाले देउता रिसाएर त्यस्तो हुनगएको शङ्का गरिन् । सामूहिक छाउगोठमा अन्य तीनजना थपिएपछि चौथो दिनकी पार्वती भोलिपल्ट चोखिने खुसीका साथ घरको साँघुरो कोठामा झ्यालढोका थुनेर आगो बालेर सुतेकी हुनाले निसासिएर उनको ज्यान गयो ।

छाउपडी संघर्ष 

मपत्रकारितामा आएदेखि छाउपडी प्रथाविरुद्ध लेख्दै आएकी छु । मलाई कतिपयले ‘छाउपडी पत्रकार’ भनेर खिल्लीसमेत उडाए । यसले मलाई केही फरक पार्दैन । दिदीबहिनीले भोग्दै आएको यो समस्यामा मैले कलम रोक्न मिल्दैन ।

हटेन छाउपडी प्रथा

डोटीका ग्रामीण बस्तीमा महिनावारी भएका बेला महिलाले छाउगोठमै सुत्नुपर्ने बाध्यता छ । बडीकेदार गाउँपालिका–१ की मुना मटेलीले भनिन्, ‘महिनावारी भएका बेला घरैमा सुते अनिष्ट हुन्छ भन्ने अन्धविश्वासका कारण हामीहरू अहिले पनि छाउगोठमा बस्न बाध्य छौं ।’ 

छाउपडी पाठ्यक्रममै राख्नुपर्ने माग

छाउपडी प्रथा हटाउन पाठ्यक्रमै बनाएर विद्यालय तहमा लागू गर्नुपर्नेमा बझाङका स्थानीय तह जनप्रतिनिधिले बताएका छन् ।
ADVERTISEMENT
ADVERTISEMENT

छाउपडी विरुद्ध किशोरी

पश्चिम सुर्खेतका महिलामा महिनावारी भएको बेला छाउगोठमा बस्नुपर्छ भन्ने मान्यता कायमै छ । त्यसैले पूर्ण रूपमा हट्न नसकेको छाउपडी प्रथा हटाउन यहाँका किशोरी सक्रिय भएका छन् । 

छाउपडी कानुन कागजमै

मुलुकी ऐनलाई विस्थापित गरी ल्याइएको नयाँ कानुनले छाउपडीलाई अपराध मानेको छ । अब कसैलाई महिनावारी भएका बेला छाउगोठमा बस्न बाध्य पारिए, त्यो अपराध हुनेछ । र त्यसैअनुसार सजाय पनि हुनेछ ।

मुक्त घोषणा गाउँमै छाउपडी

मुक्त घोषणा गरिएका यहाँका विभिन्न गाउँमा छाउपडी प्रथा कायमै छ । गुटु, बाबियाचौर, तातापानीलगायत पश्चिम सुर्खेतका आधा दर्जन गाउँलाई मुक्त घोषणा गरिए पनि छाउपडी बार्ने चलनमा कमी नआएको हो ।