हावाहुरी र पानीले करोडौं मूल्य बराबरको इँटा नोक्सान

माघ महिनादेखि परिरहेको पटकपटकको झरीले पृथ्वीराजमार्ग वरपर सञ्चालित इँटा भट्टा उद्योगले करोडौंको नोक्सानी व्यहोर्नु परेको छ । केही दिन यता पुनः सुरु भएको हवाहुरीसहितको वर्षाले हालसम्म जिल्लामा ४१ इँटा भट्टामा करिव ३० करोड २५ लाख रुपैयाँ मूल्य बराबरको इँटा क्षति भएको धादिङ इँटा संघले जनाएको छ । 

झरीले इँटा उद्योगमा क्षति

पटक–पटकको झरीले बाँकेमा कृषि र इँटा उद्योगमा ठूलो क्षति पुगेको छ । फागुनको दोस्रो सातादेखि लगातार पानी परेको हावा पानी फिल्ड कार्यालयले जनाएको छ । झरीका कारण किसानका मसुरो, रहर, केराउ, चना, आलुमा क्षति पुगेको छ । 

झरीले इँटा नोक्सान

माघ महिनामा पटकपटकको हिउँदे झरीले पृथ्वी राजमार्ग वरपर सञ्चालित ४१ इँटा भट्टामा २० करोड २५ लाख मूल्य बराबरको इँटा क्षति भएको छ । एउटा इँटा भट्टामा करिब १५ लाख बराबरको इँटा पानीले बिग्रेको छ भने जिल्लाका सबैजसो भट्टामा वर्षात्ले पकाउन राखेका सबै काचो इँटा नोक्सान गरेको छ । 

हिउँदे वर्षाले इँटा नोक्सान

हिउँदे वर्षाले यहाँका इँटा व्यवसायीहरूले २० करोड बढीको क्षति व्यहोर्नुपरेको छ । यो हिउँदको वर्षाले व्यवसायीहरूका काँचो इँटा बिग्रिएका हुन् ।

असिनापानीले काँचो इँटा क्षति

दुई दिनअघि परेको असिनापानीले इँटा भट्टामा क्षति पुगेपछि जिल्लाभरिका उद्यमी तनावमा परेका छन् । गरुडा बजारमा आइतबार जम्मा भएकामध्ये अधिकांशले बैंकबाट ऋण लिएर उद्योग सञ्चालन गरेका दुखेसो पोखे ।

बिनाइजाजत इँटा उद्योग छ्यासछ्यास्ती

अधिकांश इँटा उद्योग दर्ताबिना मापदण्डविपरीत सञ्चालन भएका छन् । बलेवा, गौंडाकोट र कुडुलेलगायतमा सञ्चालित दर्जनभन्दा बढी उद्योग कुनै पनि मापदण्डमा नपरेको घरेलु तथा साना उद्योग विकास समिति बागलुङका प्राविधिक अधिकृत विश्वभद्र खनालले बताए ।
ADVERTISEMENT
ADVERTISEMENT

वर्षाले इँटा उद्योगमा क्षति

वर्षाले कञ्चनपुरका इँटा उद्योगमा ठूलो क्षति पुगेको छ । दुई दिनको वर्षाले ५ करोड बढीको क्षति भएको अनुमान गरिएको छ । सोमबारको वर्षाले सामान्य क्षति भए पनि बुधबार असिनासँगै परेको पानीले ठूलो नोक्सानी गरेको छ ।

खेतमा इँटा उद्योग, धान झुल्ने फाँट मरुभूमि बन्दै 

कुनै बेला बाह्रैमास खेतीपाती हुने खजुरा गाउँपालिका ७, सोनपुरस्थित फाँटमा मंगलबार बिहान धूवाँ उडिरहेको थियो । बालुवा उडेर कुइरीमण्डल थियो । त्यहाँ सिजन अनुसारका बाली देख्न पाइँदैन । खेतमा इँटा उद्योग खोलिएका छन् ।