बारामा फेरि हावाहुरी, केही घरका छाना उडायाे

बारामा मंगलबार बिहान फेरि हावाहुरी आएको छ । हुरीले केही ठाउँमा बिजुलीका पाेल ढलेका छन् । केही स्थानमा घरका छाना उडाएकाे छ । हुरी प्रभावित क्षेत्रमा भीषण वर्षा भइरहेकाे छ । 

विपत्तिको सधैं त्रास

हिउँद होस् वा वर्षात् । जाडो किन नहोस् । तराई–मधेसका जिल्लामा प्राकृतिक विपत्तिको सधैं त्रास हुन्छ । आगलागी, हावाहुरी, शीतलहर र बाढीका कारण बर्सेनि सयौंले ज्यान गुमाउँछन् ।

राहत वितरण भद्रगोल

विनाशकारी हुरीबाट प्रभावित सयौं परिवारलाई गरिने राहत वितरण भद्रगोल देखिएको छ  । समन्वय अभावले राहत वितरण व्यवस्थित र प्रभावकारी बन्न सकेको छैन  ।

हुरीपीडित भन्छन्– स्थायी व्यवस्थापन होस्

शक्तिशाली हुरीबाट घरबारविहीन बनेका बाराका पीडितले आफूहरूलाई स्थायी व्यवस्थापन गर्न सरकारसँग आग्रह गरेका छन्  । उनीहरूले वर्षात्ले थप समस्या हुने भन्दै स्थायी पक्की संरचनाको माग गरेका हुन्  ।

हुरी प्रभावितलाई राहत - कतै फालाफाल, कतै पुग्दै पुगेन

शक्तिशाली हुरी प्रभावित बाराका विभिन्न गाउँमा खाद्यान्न र त्रिपाललगायत राहत सामग्री पुगे पनि अत्यावश्यक र आधारभूत सेवा पुग्न सकेको छैन  । पीडितलाई पकाउने भाँडाकुँडाका साथै स्वास्थ्य, खानेपानीलगायतको जोहो तत्काल गर्नुपर्ने देखिएको राहत वितरणमा खटिएकाहरूले बताएका छन्  ।

हुरी पीडत भन्छन्- बोल्ने धेरै भए, राहत दिने थोरै

फेटा गाउँपालिका–६ स्थित पुरैनियाका मन्जुर आलम बुधबार मध्याह्न देब्रे खुट्टा समात्दै स्वास्थ्य शिविर चाहर्दै थिए । खुट्टा सुन्निएको थियो । नेसनल मेडिकल कलेज वीरगन्जले लगाइदिएको पट्टी खोल्न उनी स्वास्थ्यकर्मीको खोजीमा थिए । घाउ पाकेको थियो । दुखाइ सहन नसकेर छटपटिएका थिए । शिविर पुगेर स्वास्थ्यकर्मीलाई घाउ सफा गरेर पट्टी फेरिदिन आग्रह गरे । 
ADVERTISEMENT

तनाव हटाउन हुरीक्षेत्रमा शिक्षा केन्द्र

शक्तिशाली हुरीपछि विद्यार्थी र बालबालिकामा देखिएको मानसिक तनाव हटाउन प्रदेश २ को सरकारले प्रभावित क्षेत्रमा शिक्षा केन्द्रको स्थापना गर्दैछ । बारा र पर्साका हुरी प्रभावित क्षेत्रका विद्यार्थी र बालबालिकालाई केन्द्रमा शिक्षा र खेलकुदको गतिविधि गराइने छ ।

सुत्केरीलाई प्रहरी श्रीमती संघको सहयोग

नेपाल प्रहरी श्रीमती संघले हावाहुरी पीडित सुत्केरीहरूलाई राहत वितरण गरेको छ । बुधवार फेटा गाउँपालिका-६ पुरैनियाकी ३० वर्षीया अमिरु नेसा र रिक्मा खातुनलाई संघले राहत वितरण गरेको हो । अमिरु र रिक्मा क्रमशः ५ दिन र १६ दिनको सुत्केरी हुन् । 

जिल्ला प्रशासन कार्यालयले गृहलाई बुझायो क्षतिको प्रारम्भिक विवरण, १८ सय ९५ घरमा क्षति (सूचीसहित)

जिल्ला प्रशासन कार्यालय बाराले तयार पारेर गृहमन्त्रालयलाई बुझाएको प्रारम्भिक विवरण अनुसार आइतबार साँझ बारा र पर्सा जिल्लामा आएको भीषण हावाहुरीका कारण १८ सय ९५ घरमा क्षति पुगेको छ ।

धेरैजसो बिरामी खतरामुक्त

बारा तथा पर्साको शक्तिशाली हुरीमा परेर गम्भीर घाइते भएका २ जनाको अंग नै काट्नुपरेको छ  । त्रिवि शिक्षण अस्पताल ल्याइएका ५९ वर्षीय मोहम्मद मियाँको बायाँ खुट्टा काट्नुपरेको छ भने वीरगन्जको नेसनल मेडिकल कलेजमा उपचाररत ३५ वर्षीय अम्बिका चौरसियाको बायाँ हात नै काट्नुपरेको छ  ।

सुँगुरको खोरमा बास

बाराको फेटा गाउँपालिका १, भरबलियामा एक दलित परिवार अहिले सुँगुर बस्ने खोरमा बस्न बाध्य भएको छ  । हावा हुरीले गएको आइतबार राति घर उडाएपछि उदयनारायण मलीको परिवार अहिले सुँगुर बस्ने खोरमा बस्दै आएको छ  ।

राहत भटाभट, कसले के दिने भने ?

बारा र पर्साका हावाहुरीपीडितलाई राहत र सहयोग घोषणा गर्ने क्रम तीव्र भएको छ  । केन्द्र, प्रदेश सरकार, राजनीतिक दल, नेता, विभिन्न समुदायसँग संगठनले भटाभट राहत र सहयोग घोषणा गरेका छन्  ।

सुत्केरीको बिचल्ली : न बस्ने घर छ, न खाने अन्न

बस्ने घर छैन । खाने अन्न छैन । आफ्नो त परै जाओस्, चारदिने छोरीले समेत पेट भर्न पाएकी छैनन् । आमाको दूध आउँदैन । फेटा गाउँपालिका–६ पुरैनियाकी ३० वर्षीया अमिरु नेसा साँझ बास बस्न छिमेकीको घर पुग्छिन् । दिउँसो भत्किएको घरमा आएर टोलाउँछिन् । 

हुरीको वितण्डा : महाविनाश कच्ची संरचनाले

चुईं–चुईं गर्दै बाँसको ढोका बेस्सरी बज्रिन थालेपछि बारा भरबलियाका महेश रामले इँटाको ओट लगाइदिए । साँझ ७ बजे हुरीसँगै पानी दर्किएपछि उनले ओट हटाएर ढोका ढप्काइदिए । फुसको दुईकोठे घरमा पानी छिर्ने ढोकालाई हुरीले हल्लाई नै राख्यो । घरभित्रै पानी फुस्सफुस्स छिर्‍यो । 

के भन्छन् हावाहुरी पीडित ?

बारा र पर्सामा आइतबार रातिको चलेको शक्तिशाली हुरीले २८ जनाको मृत्यु भयो भने सयौं सर्वसाधारण घरबारविहीन बनेका छन्। हुरी प्रभावितलाई सबैभन्दा खान र बासको समस्या भएको छ ।

हावाहुरी पीडितलाई कांग्रेसले २५ लाख दिने

नेपाली कांग्रेसले बारा र पर्साका हावाहुरी पीडितलाई राहत स्वरुप २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । मंगलबार बाराको फेटा गाउँपालिकाको पुरैनिया गाउँ पुगेका कांग्रेस सभापति शेरबहादुर देउवाले पीडितहरुलाई पार्टीकोतर्फबाट २५ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । 

हुरीको वितण्डा : सुत्केरीको बिजोग

फेटा गाउँपालिका-६, की पाँच दिनकी सुत्केरी अमिरु नेशाले आइतबार साँझ शक्तिशाली हुरी आउँदा भत्किँदै गरेको पक्की घरभित्र घोप्टो परेर अँगालोभित्र नवजात शिशुलाई बचाइन् ।

हुरी प्रभावति गाउँ अवलोकनमा कांग्रेस सभापति देउवा

आइतबार राति आएको हावाहुरीले पुर्‍याएको क्षतिको अवलोकन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बाराको फेटा गाउँपालिकाको पुरैनिया गाउँ पुगेका छन् ।

चैते हुरीको कहर [फोटोफिचर]

गए राति हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा ठूलो धनजनको क्षति भएको छ । हावाहुरीमा परी कम्तीमा २९ जनाको ज्यान गएको छ भने ६ सय भन्दाबढी मानिसहरु घाइते भएका छन् । केही घाइतेको अवस्था चिन्ताजनक रहेको छ । कान्तिपुरका फोटो पत्रकार इलिट जोशीले हुरी प्रभावित बाराको फेटा गाउँपालिका-६ पुरैनिया पुग्दा यस्तो देखियो - हेरौँ तस्बिर ।

६ वटा जहाजको आकस्मिक अवतरण

विराटनगर र जनकपुर विमानस्थलबाट काठमाडौंका लागि उडेका ६ जहाज विराटनगर विमानस्थलमा आकस्मिक अवतरण गराइयो । मौसम खराबीले काठमाडौंमा अवतरण हुन नसकेपछि आइतबार राति विराटनगरमा आकस्मिक अवतरण गराइएको थियो ।