तारागाउँ रिजेन्सीमा अनियमितता भएको संसदीय उपसमितिको निष्कर्ष

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बनाएको उपसमितिले तारागाउँ विकास समितिको १५० रोपनी जग्गा हस्तान्तरणमा अनियमितता भएको निष्कर्ष निकालेको छ । उपसमिति संयोजक अग्नि सापकोटाले जग्गा, शेयर र होटल निर्माणको खर्चमा अनियमितता भएको निष्कर्षसहित सभापति पवित्रा निरौला खरेललाई प्रतिवेदन बुझाएका हुन् ।

तारागाउँ रिजेन्सीमा 'नक्कली कारोबार' 

सरकारी लगानी रहेको पब्लिक कम्पनी तारागाउँ रिजेन्सी होटल्स लिमिटेडमा 'नक्कली कारोबार' हुने गरेको भेटिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानमा अस्वाभाविक देखिएका केही कारोबारमा सहायक कम्पनीहरूले नक्कली भ्याट बिल प्रयोग गरेको भेटिएको हो । तीमध्ये केही कम्पनीको कारोबारबारे राजस्व अनुसन्धान विभागले छानबिन गरिरहेको छ । 

तारागाउँ रिजेन्सीमा अनियमितता : व्यवसायीका पोल्टामा सरकारी सेयर

तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको सेयर संरचना बाँडफाँटमा पनि अनियमितता भएको भेटिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संसद्को अन्तर्राष्ट्रिय समितिले गठन गरेको उपसमिति र महालेखा परीक्षक कार्यालयको अनुसन्धान र छानबिनमा यस्तो अनियमितता पाइएको हो ।