बारको अध्यक्षमा प्रगतिशील समूहका श्रेष्ठ विजयी, महासचिवमा लोकतान्त्रिकका पौडेल

नेपाल बार एसोशिएसनको अध्यक्षमा प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् । बिहीबार अपराह्न सकिएको मतगणनामा श्रेष्ठ लोकतान्त्रिक समूहका सुनीलकुमार पोखरललाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । श्रेष्ठले ४ हजार २२ मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी पोखरेलले ३ हजार ८ सय ७३ मत पाएका छन् ।

बारमा प्रगतिशील समूहका श्रेष्ठको अग्रता [मतपरिणामसहित]

कानुन व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा प्रगतिशील, पेसागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले फेरि अग्रता लिएका छन् । काठमाडौं उपत्यकामा मतगणनासँगै श्रेष्ठ अगाडि देखिएका हुन् ।

बार एशोसिएसनको निर्वाचन सम्पन्न, मतगणना सोमबारदेखि

नेपाल बार एशोसिएसनको नयाँ कार्यसमितीका लागि भएको निर्वाचन शनिबार सम्पन्न भएको छ । प्रत्यक्ष मतदानअन्तर्गत देशभरकै बार इकाईहरुमा मतदान भएको हो ।